October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

स्थानिय तहका कृषि तथा पशु सेवा प्राविधिकहरुको लागि पकेट विकास अभिमुखिकरण गोष्ठी तथा प्रगति समिक्षा

  • सेती कर्णाली खबर
  • सोमवार, फाल्गुन २३, २०७८ १५:१४
स्थानिय तहका कृषि तथा पशु सेवा प्राविधिकहरुको लागि पकेट विकास अभिमुखिकरण गोष्ठी तथा प्रगति समिक्षा

बाजुरा २३फागुन, स्थानिय तहमा कार्यरत कृषि / पशुसेवा प्राविधिकहरुको लागि पकेट/ ब्लक बिकास कार्यक्रमको अभिमुखिकरण गोष्ठी र स्थानिय तहबाट सञ्चालित पकेट बिकास कार्यक्रमको प्रगति समीक्षा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना , परियोजना कारर्यान्वयन एकाइ पिलुचौर बाजुराको आयोजनामा आज सम्पन्न भएको छ। सो गोष्ठी तथा प्रगति समीक्षा कार्यक्रमको अध्यक्षता परियोजना कार्यान्वयन एकाई बाजुराको निमित्त वरिष्ठ कृषि अधिकृत पवन कुमार तिवारी र प्रमुख अथिति जोन सञ्चालन समन्वय समिति संयोजक लाल बहादुर विष्ट रहनु भएको थियो । दुबै दिनका कार्यक्रम सन्चालन परियोजना कार्यान्वयन एकाइ बाजुराका नायव प्राबिधिक सहायक शेर बहादुर केसिले गर्नु भएको थियो । उक्त कार्यक्रमहरुमा बाजुरा जिल्लाका ९ वटै स्थानिय तहका कृषि /पशु सेवामा कार्यरत प्राविधिकहरुलाई प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन एकाइ पिलुचाैर बाजुराले पकेट ब्लक बिकास कार्यक्रम अभिमुखिकरण सम्बन्धि प्रस्तुती परियोजना कार्यान्वयन एकाइ प्रमुख पवन कुमार तिवारीले २२ गतेका दिन गर्नु भएको थियो र फागुन२३ गते विभिन्न स्थानिय तहमा सञ्चालित साना व्यवसाय कृषि उत्पादन केन्द्र पकेट बिकास कार्यक्रमहरुको रिपोर्टिङ तथा प्रगति समिक्षाको प्रस्तुति ९ वटै स्थानिय तहका कृषि तथा पशु प्राविधिकहरुले भएको गर्नु भएको थियो । जसमा बुढिगङ्गा नगरपालिकामा तरकारी मसला बालि आलुबालि र बाख्रा पकेट समुह र सहकारी मार्फत सञ्चालन रहेको छ। बाख्रा पकेटमा खरिजातको बाख्रा वडा नम्बर १, ४,९ का ७५कृषकहरूलाई वितरण गरिएको थियो । तेस्तै त्रिवेणी नगरपालिकामा बाख्रा पकेट ,तरकारी र अदुवा पकेट सञ्चालनमा रहेकाछन । बुढिनन्दा नगरपालिकामा बाख्रा , तरकारी र अलैंची पकेट बढिमालिका नगरपालिकामा तरकारी, आलु र फलफुल पकेट तेस्तै
खप्तड छेडेदह गाउपालिकामा मसला बाली, बाख्रा र तरकारी पकेट
गौमुल गाउपालिकामा बाख्रा पकेट , फलफूलमा ( स्याउ ,वखर ) र मसला पकेट
स्वामिकार्तिक गाउपालिकामा दलहन बाली , आलु , वाख्रा पकेट
जगन्नाथ गाउपालिकामा बाख्रा , किवी, सुन्तला र कागति पकेट
हिमाली गाउपालिकामा रैथाने बाली ( चिनो, कागुनो , फापर र भेडा पकेट सन्चालनमा रहेकाछन। आर्थिक वर्ष २०७८/०७९ प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको अनुदानमा साना व्यवसाय कृषि उत्पादन केन्द्र पकेट बिकास कार्यक्रम ९ वटै स्थानिय तहबाट सञ्चालनमा रहेका छन । कृषि तथा पशुका पकेटहरुमा परियोजना कार्यान्वयन तोकिएको निर्देशिका अनुसार क्षेत्र एउटै वडा वा करिडोरमा सन्चालन हुनु पर्ने हो भने केहि स्थानियतहका पकेट क्षेत्रहरु फरक- फरक ठाउँ वा टुक्रा- टुक्रा गरि सन्चालन गरिएको रिपोर्टिङका क्रममा सहभागि कृषि तथा पशु प्राविधिकहरुले बताएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन एकाइ बाजुराले जनाएको छ।साना व्यवसाय उत्पादन केन्द्र पकेट बिकास कार्यक्रम अन्तर्गत बाजुरा जिल्लाका विभिन्न स्थानिय तहबाट सञ्चालित रहेका कार्यक्रमहरु अपेक्षित सफलताको लागी परियोजना निर्देशिका २०७७ अनुसार कार्यान्वयन गर्दा अझै पकेट कार्यक्रमहरु सु-सन्चालित हुने परियोजना कार्यान्वयन एकाइ बाजुराका निमित्त वरिष्ठ कृषि अधिकृत पवन कुमार तिवारीले मन्तव्यको क्रममा व्यक्त गर्नु भएको छ।

  • सेती कर्णाली खबर
  • -