October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

कर्णाली नदिमा जलपर्यटन सम्भाव्यता अध्यायन उद्घाटन समारोह सम्पन्न

  • सेती कर्णाली खबर
  • शुक्रबार, फाल्गुन २०, २०७८ 0२:१0
कर्णाली नदिमा जलपर्यटन सम्भाव्यता अध्यायन उद्घाटन समारोह  सम्पन्न

बाजुरा, बाजुरा जिल्लाको जगन्नाथ गाउपालिका जुड्डीमा रारा कैलास टुर एण्ड कर्णाली ट्रेल नेपालको आयोजनामा हिजो कर्णाली नदिमा जलपर्यटन सम्भाव्यता अध्यायन
उद्घाटन समारोह कार्यक्रम सम्पन्न भएको छ।
सो कार्यक्रमको अध्यक्षता वडा नम्बर २ का अध्यक्ष कर्ण विष्ट, प्रमुख अथिति जगन्नाथ गाउपालिका अध्यक्ष काली व. शाही विशिष्ट अथिति र्याफ्टिङ विज्ञ महेन्द्र सारुमगर,गाउपालिका उपाध्यक्ष एैना गिरि अथितिहरु वडा अध्यक्षहरु रहेका थिय भने कार्यक्रम सञ्चालन जनेश भण्डारी ले गरेकाहुन । पर्यटन पर्वद्दन र कर्णाली नदिलाई आयस्रोतको केन्द्र बनाउन जल यात्रा र्याफ्टिङको विशेष महत्व रहेको बताउदै जगन्नाथ गाउपालिकाले यसको बिकाश गर्नका लागि आर्थिक, भौतिक रुपले सहयोग गर्ने अध्यक्ष काली बहादुर शाहीले बताउनु भयो।र्याफ्टिङ जलयात्रा मनोरञ्जनका लागि प्रयोग हुने भएकाले नेपालको सेती नदि र कर्णाली नदि राम्रो भएकाले यसको प्रसार-प्रचार गरेर स्वदेशी तथा विदेशी पर्यटनलाई आकर्षण गराउन सके कर्णाली नदि आसपासका स्थानिय तहको मुख्य आयस्रोतको केन्द्र र्याफ्टिङ जलयात्रा नै हुने र्याफ्टिङ विज्ञ महेन्द्र सारु मगरको दावि थियो ।स्वामिकार्तिक गाउपालिका १ रुडीको पहिरोले कर्णाली नदि रोकेर जगन्नाथ गाउपालिका क्षत्रमा पानी भरिएर करिव एक किलोमिटर ताल बनेको सोही क्षेत्रमा ४ वटा र्याफ्टिङ वोर्डहरु सञ्चालन गरिएको थियो । जनप्रतिनिधि , गाउपालिका कर्मचारीहरु लगाएत स्थानियहरुले जलयात्रा गरि मनोरन्जन लिएका हुन । १० जना र्याफ्टिङ गाइडरहरु थिय ।गत मंगलबार बाजुरा जिल्लाको प्रदेश क का चार वटै स्थानियतह स्वामिकार्तिक, जगन्नाथ , हिमाली गाउपालिका र वुढिनन्दा नगरपालिकाको समन्वय र रारा कैलाश टुर एण्ड ट्रेल नेपालको आयोजना र हिमाली गाउपालिका अध्यक्षको प्रमुख आथित्यमा पिलु- पादुका र देउरा कर्णाली त्रिवेणी धाममा महाँशिबरात्रिको अवसरमा र्याफ्टिङ महोत्सव सम्पन्न भएको थियो ।

  • सेती कर्णाली खबर
  • -