बाजुरा– बाजुराको बुढीनन्दानगरपालिका वडा नं १ पिपलडालीमा जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन । आज दिउँसो कोल्टीबाट धुलाचौर जाँदै गरेको सुदुरपश्चिम प्रदेश ०१००१ ज १२४१ नम्बरको जीप दुर्घटना हुँदा ७ जना घाइते भएका हुन । सडक छेउमा साइड दिने क्रममा जीप दुर्घटना भएर ७ जना घाइते भएको इलाका प्रहरी कार्यालय काेल्टीले जनाएको छ […]
१४ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सबै जिल्लाका लागि सम्पर्क सांसद तोकेको छ । ७७ वटै जिल्ला लागि सम्पर्क सांसद हुने गरी जिम्मेवारी दिइएको छ । नागरिकले आफ्ना समस्या तथा संसदमा उठाउनुपर्ने मुद्दाका विषयमा सम्बन्धित सांसदलाई सिधा सम्पर्क गर्न सक्नेछन् । नीतिगत सुधार र जनसवालका विषयमा हाम्रा सांसदहरुसँग देशभरका सचेत नागरिकहरुले सिधा सम्पर्क गरी […]
सेतीकर्णाली खबर ,११ असार बाजुरा बुढीनन्दा नगरपालिकाले ४४ करोड ४९ लाख २३ हजार २ सय ५७ रुपैया बजेट प्रस्तुत गरेको छ । नगर उपप्रमुख रामबहादुर बोहराले आगामी आर्थिक वर्ष २०८०।८१ का लागि नगर सभामा बजेट प्रस्तुत गरेका हुन् । संघिय र प्रदेश सरकारको अनुदान, आन्तरिक आम्दानी र राजश्व सहीत ४४ करोड ४९ लाख २३ हजार […]
सेतीकर्णाली खबर पवन बिक ११ असार बाजुरा जिल्लाको कुण्डा क्षेत्रमा पर्ने स्वामीकार्तिक खापर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०।८१ का लागि ३५ करोड ८९ लाख २१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको १२ औँ अधिवेशन तथा दोश्रो गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष मैना जोशीको निर्देशनमा वडाअध्यक्षद्धारा आगामी आर्थिक वर्षको वजेट प्रस्तुत गरीएको हो । संघिय […]
सेतीकर्णाली खबर ९असार बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा ७ मा शुक्रबार राति चट्याङ लागेर ४ भैसी सहित १ गाइ मरेका छन् । भैसी र गाइ मर्नेमा स्थानिय प्रिम खत्रीका १ भैसी, खडकलाल जैशीका १ गाई, सत्या खत्रीका १ भैसी गोरे पाध्यायका १ भैसी र पृर्थु गरुङका १ भैसी मरेका बडिमालिका नगरपालिका ७ का वडा […]
बाजुरा ५ असार।खत्याड गाउपालिकाको आयोजनामा कर्णाली करिडोर क्षेत्रका होटल तथा पर्यटन व्यवसायीहरुका लागि ५ दिने तालिम बुढीनन्दा नगरपालिकाको कोल्टीमा सूरु भएको छ । नेपाल पर्यटन बोर्ड संगको सहकार्य र मुगु जिल्लाको खत्याड गाउँपालिकाको आयोजनामा उक्त तालिम आजबाट कोल्टीमा रहेको होटल इको भिलेजमा सूरु गरेको छ ।कर्णाली करिडोर आसपास क्षेत्रमा पर्ने होटल तथा पर्यटन व्यवसायीहरुलाई होटल […]
बझाङमा आज भएको गाडी दुर्घटनामा परेर सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु भएको छ । सिंहसहित यो दुर्घटनामा ज्यान गुमाउने ३ जना पुगेका छन् । दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको यसअघि बझाङमै मृत्यु भएको थियो।दुर्घटनामा घाइते भएका मन्त्री सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु […]
उमेश जङ्ग शाही ३ असार, बाजुरा / जगन्नाथ गाउपालिकाको कार्यालय जुड्डीमा जिल्ला अस्पताल बाजुराको आयोजना र सुदूरपश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालयको आर्थिक सहयोगमा सुरु भएको गाउँघर चिकित्सक कार्यक्रम तथा निशुल्क स्वास्थ्य सिविर आज सम्पन्न भएकोछ। स्त्रीरोग विशेषज्ञ डाक्टर सुनिलकुमार शाह, एम. डि. जि. पि. डाक्टर नवीन बएर, मेडिकल अधिकृत डाक्टर निर्पेसराज गिरी , डेन्टल अधिकृत […]
सेतीकर्णाली खबर २ असार, धनगढी /सुदूरपश्चिम सरकारले चालु बजेटको भन्दा करिब सात अर्ब घटाउँदै आगामी वर्षका लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले शुक्रबार प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा भौतिक पूर्वाधार विकासका कार्यक्रम प्राथमिकतामा राखेको दाबी गरेका छन् । आगामी वर्षका लागि चालुतर्फ ९ अर्ब ५९ करोड […]
सेतीकर्णाली खबर – ३२ जेठ, बाजुरा / बुढिनन्दा नगरपालिकामा कृषक संग नगर प्रमुख कार्यक्रम प्रभाकारी बन्दै गएकाे छ्। ९५ जना सफल कृषकहरूलाई प्राेत्साहन सहित सम्मान गरेका छन् । नगरपालिकामा २०७९/०८० मा संचालित कृषक संंग नगर प्रमुख कार्यक्रम अन्तर्गत बुढीनन्दाले प्रति कृषकहरूलाई २५ सयका दरले प्राेत्साहन सहित सम्मान गरेकाे हाे । बुढिनन्दा नगरपालिकाकाे आयाेजनामा २०७९ असाेज १६ […]