बाजुरा- जिल्ला अदालत बाजुराले गर्भ संरक्षण मुद्धामा १ वर्ष सजाय तोकिएर फरार रहेका एक अभियुक्त व्यक्तिलाई बुधबार जिल्ला प्रहरी कार्यालय बाजुराले पक्राउ गरेको छ ।
सजाय फैसला भएका करिव ४ वर्षपछि बुढीनन्दा नगरपालिका–७ बस्ने ३२ वर्षीय प्रकाश लोवारलाई सदरमुकाम मार्तडीबाट बुधबार प्रहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा प्रवक्ता गगनसिंह भाटले जानकारी दिएका छन् ।
अदालतको फैसला कार्यान्वयनका सिलशिलामा फरार व्यक्तिको खोजी गर्दा सदरमुकाम मार्तडीमा लुकेर बसेको अवस्थामा प्रहरीको टोलीले पक्राउ गरी अदालतमा पेश गरिएको बताए ।
गर्भ संरक्षण मुद्धामा एक वर्ष कैद दश हजार जरिवाना तोकिएका उक्त व्यक्ति करिव ४ वर्षपछि प्रहरीले पक्राउ गरेको हो ।