August 11, 2026 | मङ्लबार, साउन २६, २०८३

स्वामिकार्तिक खापरमा बालिका तथा समावेशी शिक्षा सञ्जालको बैठक सम्पन्न

  • सेती कर्णाली खबर
  • सोमवार, साउन २५, २०८३ १८:१४
स्वामिकार्तिक खापरमा बालिका तथा समावेशी शिक्षा सञ्जालको बैठक सम्पन्न

सेतीकर्णाली खबर श्रावण २५  बाजुरा – स्वामिकार्तिक खापर गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जालको पालिकास्तरीय दोस्रो बैठक सम्पन्न भएको छ। साउनको दोस्रो साता सम्पन्न बैठकमा बालबालिकाको शिक्षामा पहुँच, विद्यालय भर्ना तथा विद्यालय छोड्ने दर न्यूनीकरणका विषयमा छलफल गरिएको थियो।गाउँपालिकाका उपाध्यक्षले बालिका तथा समावेशी शिक्षा सञ्जालले विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयमा भर्ना गराउन तथा विद्यालय छोड्ने दर कम गर्न महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा व्यक्त गरे।

विद्यालय, अभिभावक, शिक्षक तथा सम्बन्धित सरोकारवालाबीच समन्वय र सहकार्य बढाउँदै सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन सञ्जालले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उनले आवश्यक समन्वय र सहकार्यका लागि गाउँपालिकाको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए।
यस्तै, गाउँपालिकाका उपाध्यक्ष सुलोचना बुढाले सञ्जाललाई सक्रिय रूपमा अघि बढाउँदै सबै बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्नुपर्ने बताइन्। उनले सम्बन्धित सबै सरोकारवाला निकायसँग समन्वय गरी गाउँपालिकाभित्रका बालबालिकालाई सकेसम्म विद्यालयमा भर्ना गराउनेतर्फ पहल गरिने बताइन्।
बैठकमा विभिन्न विद्यालयका शिक्षक, संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी, विद्यार्थी, अभिभावक, बालक्लबका प्रतिनिधि, अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा कार्यरत प्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण तथा सञ्चालन गाउँपालिकाका शिक्षा शाखा प्रमुख गरेका थिए। उनले बालिका तथा समावेशी शिक्षा प्रवर्द्धनका लागि आवश्यक बजेट विनियोजन गरी कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने बताएका थिए।
स्वामिकार्तिक खापरमा बालिका तथा समावेशी शिक्षा सञ्जालको बैठक सम्पन्न भएको छ।

बालिका तथा समावेशी शिक्षा सञ्जाल (Girls and Inclusive Education Network) अन्तर्गत बसेको उक्त बैठकमा गाउँपालिकाभित्र बालिका शिक्षा, समावेशी शिक्षा तथा अपाङ्गता भएका व्यक्तिको शिक्षा र पहुँचसँग सम्बन्धित विषयमा छलफल गरिएको जनाइएको छ।
बैठकमा युरोपियन युनियनको आर्थिक सहयोग तथा ACCESS परियोजनाअन्तर्गत People in Need, Accountability Lab र NEC Nepal/अपाङ्ग महिला संघको प्राविधिक तथा आर्थिक सहयोग रहेको थियो।
पालिकास्तरीय सञ्जालको दोस्रो बैठकका रूपमा आयोजना गरिएको कार्यक्रममा सम्बन्धित सरोकारवाला तथा सञ्जालका सदस्यहरूको सहभागिता रहेको थियो। बैठकले बालिका तथा समावेशी शिक्षालाई थप प्रभावकारी बनाउने, सम्बन्धित निकायबीच समन्वय बढाउने लगायतका विषयमा छलफल गरी विभिन्न निर्णय गरेको जनाइएको छ।

  • सेती कर्णाली खबर
  • सोमवार, साउन २५, २०८३ १८:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट