March 28, 2026 | शनिबार, चैत्र १४, २०८२

एमाले कर्णालीका नेता कर्णबहादुर मल्ल पक्राउ

  • सेती कर्णाली खबर
  • शनिबार, चैत्र १४, २०८२ ११:३५
एमाले कर्णालीका नेता कर्णबहादुर मल्ल  पक्राउ

सेतीकर्णाली खबर १४ चैत, काठमाडौं । नेकपा एमाले कर्णालीका नेता कर्णबहादुर मल्ल पक्राउ परेका छन् ।
मुगुको सोरु गाउँपालिका–१० घर भइ हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ बस्ने ५२ वर्षीय मल्ललाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
उनलाई ललितपुर महानगरपालिका–१५ बाट पक्राउ गरिएको ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।
मल्लविरुद्ध बलात्कार गरेको आरोपमा एक महिलाले उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा प्रहरीले शनिबार मल्ललाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर ललितपुर र मातहतको सातदोबाटो प्रहरी वृत्तको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
उनीविरुद्ध पीडित महिलाले फागुन ५ गते प्रहरीमा उजुरी दिएकी थिइन् । पीडित महिला केही समयअघि माइतीघरमा अनशन पनि बसेकी थिइन्। साभार-onlinekhabar

  • सेती कर्णाली खबर
  • शनिबार, चैत्र १४, २०८२ ११:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?