
सेतीकर्णाली खबर
उमेश जङ्ग शाही बाजुरा, कार्तिक २७ — बुढीनन्द नगरपालिका आयोजना तथा एक एक पाइला नेपालको सहयोगमा कोल्टीआधारभूत अस्पताल, बाजुरामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा कुल ४२१९ जनाले उपचार सेवा प्राप्त गरेका छन्।
कार्तिक २४ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको तिनदिने स्वास्थ्य शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेका थिए। शिविरमा १४३ जनाको आँखा (मोतिविन्दु) शल्यक्रिया, नाक, कान र घाँटीका १९ जनाको अपरेसन गरिएको छ। साथै, १८० जना बिरामीमा हड्डी खियको र जाली प्वाल परेको समस्या फेला परेका छन्, जसको थप उपचार आवश्यक रहेको नाक, कान, घाँटी, विशेषज्ञ दिपेश शाक्य र प्रशान्त त्रिपाठीले सेतीकर्णाली खबरलाई जानकारी दिनुभएको छ।
शिविरमा बालरोग, स्त्री तथा प्रसूति, छाला, दाँत, रेडियोलोजी, प्याथोलोजी, इन्डोस्कोपी, सामान्य शल्यक्रिया लगायतका सेवा प्रदान गरिएको थियो।
शिविरको आयोजना बुढीनन्दा नगरपालिकाको समन्वयमा तथा एक एक पाइला नेपालको सहयोगमा गरिएको हो।
सपना बमको कानको बिरामीको अपरेसन भएको छ उनका श्रीमान कर्ण बमले भने नेपालगन्ज, काठमाडौँ र धनगढीमा उपचार गर्न लिनु पर्दा लाखौ रुपिया खर्च हुने थियो कोल्टीको नि:शुल्क स्वास्थ्य शिविरले उपचार गर्दा ठूलो राहत मिल्यो ।
भन्दै बुढिनन्दा नगरपालिका र एक एक पाइला नेपाल लाई धन्यवाद दिएकाछन । यस स्वास्थ्य शिविरले बाजुरा, हुम्ला, मुगु, र कालिकोटका हजारौं बिरामीले उपचार सेवा लिएका छन। दुर्गम पिछडिएका नागरिकको लाखौं पैसा जोगाएको देखिन्छ।
स्थानियवासीहरूले दुर्गम क्षेत्रमा यस्ता स्वास्थ्य शिविरले जनतामा उपचारप्रति विश्वास र राहत दिएको बताएका छन्।
हिजो साँझ कोल्टी आधारभुत अस्पतालको प्राङ्गणमा फेरीभेटौँला कार्यक्रमको आयोजना गरिएको थियो। बुढिन्दा नगरपालिका मेयर जनक बोहोराले एकएक पाइला नेपाल र गेँटा अस्पताल तथा निशुल्क स्वास्थ्य शिविरमा अमुल्य योगदान दिने ३५ जना विशेषज्ञ डाक्टरहरुलाई धन्यवाद दिदै आगामिदिनमा पनि साथ र सहयोगको अपेक्षा सहित हार्दिक आभार व्यक्त गर्नुभएको थियो।
कोल्टी आधारभुत अस्पतालले सबै डाक्टरहरुलाई पुष्पगुच्छा, मायाको चिनो प्रदान गर्दै बिदाइ गरेको थियो। कोल्टी आधारभुत अस्पतालमा योगदान दिने बुढिनन्दा नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत सन्तोष शाह, नगरपालिका स्वास्थ्य संयोजक ओमजङग शाही, कोल्टी आधारभुत अस्पताल प्रमुख एम. डि. जि. पि.रञ्जित शाह लाई धन्यवाद दिदै तालीले सम्मान गर्न मेयर बोहोराले आग्रह गर्नुभएको अस्पताल सुचना अधिकारी प्रेम नेपालीले सेतीकर्णालीलाई जनाएका छन।
