सेतीकर्णाली खबर
१० असार बाजुरा / जगन्नाथ गाउँपालिकाको दोस्रो गाउँसभा तथा १६ओैं अधिवेशन शोमवार देखि सुरू भएको छ् ।‘कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार– जगन्नाथ गाउँपालिकाको विकासको मूल आधार’ भन्ने मूल नाराका साथ पालिका अध्यक्ष कालीबहादुर शाहीले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ काे नीति तथा कार्यक्रम सभाबाट सर्वसम्मत पारित गरेको छन् ।सभाले विषेश गरि कृषि, स्वास्थ्य,शिक्षा,खानेपानी, पुर्वधार निर्माण जस्ता कार्यक्रम ल्याएको जगन्नाथ गाउँपालिका सुचना अधिकारी राजेन्द्र प्रशाद जैशीले जानकारी दिएका छन् । कार्यक्रम सञ्चालन जगन्नाथ गाउँपालिका रोजगार संयोजक लक्ष्मण जोशीले गरेका थिए ।