November 21, 2024 | बिहिबार, मंसिर ६, २०८१

अप्टिकल फाइबर नेट बाजुराको कुन्ना क्षेत्रमा बिस्तार हुने

  • सेती कर्णाली खबर
  • बुधबार, मंसिर ५, २०८१ १५:0३
अप्टिकल फाइबर नेट बाजुराको कुन्ना क्षेत्रमा  बिस्तार  हुने

सेतीकर्णाली खबर

मंसिर ५ बाजुरा – जिल्लाको  प्रदेश( क) कु्न्ना क्षेत्रमा इन्टरनेटको पहुँच   पुर्याउनका लागि नेपाल टेलिकमको अप्टिकल फाईबर नेट बिस्तार हुने भएको छ । बुढीनन्दा नगरपालिका लगायत कोल्टी क्षेत्रमा इन्टरनेटको भरपर्दो बनाउनका लागि अप्टिकल फाइबर जडान गर्न लागिएको हो। अप्टिकल फाईबर नेट बिस्तारका लागि मार्तडी देखि कोल्टी सम्म सर्बे भएको छ ।
नेपाल टेलिकम,ब्याकबोन प्रशारण निर्देशनालयका उपप्रबन्धक इन्जिनियर पदमराज गुरुङको नेतृत्वको टोलीले सर्बेको काम सम्पन्न गरेको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताएका छन ।
पछिल्लो समय फाइबर इन्टरनेट एकदमै लोकप्रिय हुँदै गएकको र अहिले फाइबर इन्टरनेटको माग बढ्दै गइरहेको अवस्थामा बुढीनन्दा नगरपालिकालाई प्रबिधिमैत्री बनाउनका लागि फाइबर नेट जडान गर्न लागिएको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख बोहराले बताए । ‘अरु माध्यमभन्दा फाइबर इन्टरनेटबाट धेरै स्पिडको इन्टरनेट हासिल गर्न सकिन्छ वा यसमा धेरै द्रुत गतिमा डाटा ट्रान्सफर हुन्छ भनेर फाइबर नेट जडान गर्न लागिएको हो।’ उनले भने,‘अबको केही समयमै बुढीनन्दा नगरपालिका जडान हुने भएको छ।’
बुढीनन्दा नगरपालिकालाई प्रबिधिमैत्री बनाउनका लागि फाइबर नेट जडान हुने, यसले विद्यालय, सरकारी कार्यालय र नीजि क्षेत्रलाई सेवा लिने नगर प्रमुख बोहराले बताए। ‘हामीले शिक्षा, स्वास्थ्य, रोजगार र अन्य क्षेत्रमा काम अगाडी बढाएको छौं।’ उनले भने,‘अहिलेको सूचना प्रबिधिको युगमा इन्टरनेट पनि अपरिहार्य जस्तै भएको बेला नगरपालिकालाइ पनि प्रबिधीमैत्री बनाउने उदेस्यले नगरपालिकाले फाईबर नेटको पहल गरेको नगर प्रमुख बोहराले बताए ।

  • सेती कर्णाली खबर
  • बुधबार, मंसिर ५, २०८१ १५:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट