सेतीकर्णाली खबर कार्तिक १० हुम्ला : हुम्ला जिल्लाको ताजकोट गाउँपालिका र बाजुरा जिल्ला हिमाली गाउँपालिका बिच्छयाको बौडी र ताजकोटको मास्पुर गाउँमा सडक निर्माणको लागि दुई स्थानीय तहद्वारा संयुक्त बजेट ब्यबस्थापन गर्ने सहमति भएको छ ।
ताजाकोट गाउँपालिकाको कार्यालयमा दुबै पालिकाका प्रमुख सहित बसेको बैठकले यस्तो निणर्य गरेको हो ।
बाजुरा जिल्लाको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको ताजाकोट गाउँपाउलिकाको सयुक्त बैठकबाट बाजुराको हिमाली गाउँपालिकाकोे बिच्छ्या बौडी र हुम्लाको ताजाकोट गाउँपालिकाको मास्पुर गाउँमा सडक संजाल जोड्नको लागी सयुक्त रुपमा बजेट ब्यबस्थापन गर्ने निणर्य गरिएको हिमाली गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत राजबहादुर भण्डारीले बताएका छन ।
हिमाली गाउँपालिका र ताजाकोट गाउँपालिकाका दुर्गम रहेका बिच्छ्या बौडी तथा ताजाकोट गाउँपालिकाको मास्पुर सम्म सडक बिस्तार गर्न दुबै पालिकाले आबस्यक बजेट ब्यबस्थापन गरि गाउँलाई सडक संजालसंग जोड्ने निणर्य गरिएको प्रमुख प्रशासकिय अधिकृत भण्डारीले बताए ।