October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

योगदान राष्ट्रका लागी सँस्थाको चौथो साधारणसभा सम्पन्न

  • सेती कर्णाली खबर
  • आइतवार, अशोज ६, २०८१ १२:४१
योगदान राष्ट्रका लागी सँस्थाको चौथो साधारणसभा सम्पन्न

चितवन/ योगदान राष्ट्रका लागी सँस्थाको चौथो साधारणसभा सम्पन्न भएको छ । शनिबार काठमाडौँमा एक कार्यक्रम गरि उक्त साधारण सभा सम्पन्न भएको हो ।
ओम प्रसाद उप्रेतीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यता रह्यो ।
यस्तै कार्यक्रममा नेपाली चलचित्रका नायक निखिल उप्रेती रमेश उप्रेतीका साथै निर्मल शर्माको समेत उपस्तिथि रह्यो ।
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले सँस्थाको काम सराहनीय रहेको बताए । कुनै पनि नागरिकले आफ्नो देशप्रती जिम्मेवार रहि सामाजिक क्षेत्रमा गर्नु पर्ने काम उक्त सँस्थाले गरेको भन्दै धन्यवाद ज्ञापन गरे ।
राष्ट्रका लागि योगदान नामै काफी भएको बताउदै उक्त अभियानबाट नागरिक स्तरमा प्रथामिक उपचारको सेवा प्रवाहमा सहज हुने बताए । यो संगै उनले सँस्थाले गरेको काममा नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालयको क्षेत्रबाट आफूले सक्ने सहयोग गर्ने आश्वासन दिए ।
यस्तै कलाकार निखिल उप्रेतीले सँस्थाको कामको प्रशंसा गर्दै मानिसलाई आपत्कालिक दुर्घटनाबाट जोगाउन हरेक व्यक्तिमा सचेतनात्मक तालिमको आवस्यक पर्ने जिकिर गरे । कुनैपनी दुर्घटनामा गलत व्यक्ति प्राथमिक उपचारको रुपमा पुग्दा स्थिति भयानक बन्न सक्ने बताए ।
यस्तै उनले संस्थाका अध्यक्ष ओम उप्रेतीको तारिफ गर्दै उनिहरुको टिमले हरेक व्यक्तिलाई प्राथमिक उपचार बारे कुशलता पुर्वक ट्रेडिङ दिन आग्रह गरे ।
उक्त कार्यक्रममा बोल्दै संचारकर्मी ऋषि धमलाले समाजमा राम्रो काम गर्ने मान्छेहरू पनि छन् भन्ने उदाहरण बनेकोमा सँस्थाका पदाधिकारीहरुलाई धन्यवाद दिए ।
अध्यक्ष ओम उप्रेतीले समाजका राम्रा मान्छेलाई गोलवद्ध गरेर सामाजिक क्षेत्रमा उल्लेखनीय काम गरेको हुनाले उनीहरुको कामलाई समर्थन गर्न आफू सहभागी भएको बताए । यस्तै उनले अभियानका कामहरूमा संचार क्षेत्रले पनि प्रचारप्रसार गरि सकारात्मक समाचार सम्प्रेषण गर्नुपर्नेमा उनको जोड छ ।
यस्तै कलाकार रमेश उप्रेतीले पनि सँस्थाको कामको तारिफ गरेका छन्
कार्यक्रममा कलाकार निर्मल शर्मा पत्रकार राजिव खत्री लगायत विभिन्न निकायका व्यक्तित्वहरु, अभितान्ता , कर्मचारी र वुद्धिजीवी वर्ग संगै स्थानिय नागतिकको समेत उपस्थिती रहेको थियो ।

  • सेती कर्णाली खबर
  • आइतवार, अशोज ६, २०८१ १२:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट