October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

धुलाचौर नजिकै सडक माथी पहिरो आउदा यात्रु सास्ती

  • सेती कर्णाली खबर
  • बुधबार, साउन २, २०८१ १३:२६
धुलाचौर नजिकै सडक माथी पहिरो आउदा यात्रु सास्ती

बाजुरा- धुलाचौर बाट हुम्ला जाने शाखा नजिकै सडक माथिबाट पहिरो आएर सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको छ।

कर्णाली करिडोर संगै जोडिएको हिमाली गाउँपालिका केन्द्र धुलाचौर बाट हुम्ला जाने सडक बिच शाखा नजिकै माथी बाट पहिरो आउँदा सडक अवरुद्ध भएको छ। लगातार वर्षाले साउन १ गते मंगलवार राति एकासी सडक माथिबाट पहिरो आएर सडक बन्द हुँदा गाडी मोटरसाइकल चल्न थप्प भएको स्थानीय के.आइ.सिंह मल्लले बताएका छन। धुलाचौर बाट हुम्ला जाने यात्रुलाई सडक पहिराले बन्द हुँदा सास्ती भोग्नुपरेको अवस्था रहेकोे छ। अविरल वर्षाले गर्दा धुलाचौर केन्द्र नजिकै रहेको शाखा आसपास क्षेत्रमा सडक माथीबाट पहिरो आएर हिजो साझबाट सडक पहिरोले गर्दा गाडी बन्द अवस्था रहेकोे छ्।

अविरल वर्षाले गर्दा धुलाचौर नजिकै ४ किलोमीटर अगाडि कर्णाली करिडोर संग जोडिएको धुलाचौर बाट हुम्ला र मुगु जाने सडक खण्ड साखामा माथिबाट पहिरो आएपछि सडक अवरुद्ध हुँदा स्थानीय लगायत हुम्ला र मुगु यात्रुलाई मर्कामा परेका छन। अहिले धुलाचौर बाट बिच्छ्या र हुम्लाका मान्छेहरूलाई दुई वटा गाडी फेरबदल गरेर गाडीको यात्रा गर्नुपर्ने बाध्यता रहेकोे छ। अहिले मान्छेलाई हिड्नलाई पनि मुस्किल रहेकोे छ। धुलाचौर कतिपय मान्छेहरू हिडेर लेप्डी शाखा सम्म हिडेर गाडी चड्नु पर्ने अवस्था आएको छ। बर्खा लागे संगै कर्णाली करिडोर हुम्ला जाने सडक मार्ग ठाउँ ठाउँमा पहिरो आएर गाडी यात्रुलाई निकै कष्टकर भोग्नुपरेको छ।

जिप तथा दुई पाङ्ग्रे मोटर चलाउन सकिरहेका छैन। बीच सडक बन्द हुँदा मान्छेलाई मात्र आवतजावत गर्न मिल्ने स्थितिमा रहेकोे छ। अहिलेसम्म अवरुद्ध भएको सडक खण्ड खुलेको छैन। पहिरो आउने क्रम जारीनै रहेको हुँदा सडक जिप यात्रुलाई मा समस्या भएको छ। मान्छेलाई हिडन बाहेक गाडी मोटर चल्न सक्ने स्थित समेत नरहेको छ। बाजुरा धुलाचौर बाट हुम्ला र मुगु जाने स्थानीय लगायत जिल्ला बाहिरका मान्छेहरू सडक पहिरोले अवरुद्ध हुँदा आवतजावत समस्या भएको स्थानीय गुनासो गरेका छन। अगाडि सडक अवरुद्ध हुँदा सोही ठाउँमा पहिरोले बन्द हुदा हिमाली गाउँपालिका डोजर लगाएर यातायात साधनस्रोत चल्ने गरेका थिए। पुनः सोही ठाउँमा सडक माथिबाट पहिरो आउँदा जिप यात्रु लगायत स्थानीय आवातजावत गर्न जटिल समस्या आएको धुलाचौर बजार बासीले बताएका छन।

  • सेती कर्णाली खबर
  • बुधबार, साउन २, २०८१ १३:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट