October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

मार्तडी बजारमा ६०वटा सडक बत्ति जडान गरिदै

  • सेती कर्णाली खबर
  • आइतवार, असार १६, २०८१ १७:0३
मार्तडी बजारमा ६०वटा सडक बत्ति जडान गरिदै

बाजुरा १६असार- बाजुराजिल्लाकाे सदरमुकाममा रहेकाे बडीमालिका नगरपालिकाले सदरमुकाम मार्तडी बजार क्षेत्रलाई रातिको समयमा उज्यालो बनाउने उदेश्यका साथमार्तडी बजारमा ६० वटा सडक बत्ति जडान गरी राखेकाे छ

बाजुरा जिल्ला काे बडिमालिका नगरपालिकाको वार्षिक निति तथा कार्यक्रम अनुसार मार्तडी बजारका सडक हरु तथा सार्वजनिक स्थान हरुमा नेपाल विद्युत प्राधिकरण बाजुरा बितरण केन्द्रको बत्ति लाई सडक बत्ति काे रुपमा जडान गर्न थालेाको छ ।

अहिले सम्म नगरपालिका देखि खेलकुदहुँदै गाैणाकाे डिल सम्म सडक बत्ती हरु जडान गरिसकेकाे पानस कन्टक्सन का प्राेपराटर पदम बहादुर सावदले बताएका छन् ।

oplus_2

बडीमालिका नगरपालिकाको आर्थिक सहयोगमा मार्तडी बजारक्षेत्र चाेरी ,डकैति ,तथा अपराधजन्य कार्यहरु नहुन भन्ने उदेश्यका साथ मार्तडी बजार भित्रका सडक हरु तथा सार्वजनिक ठाउँहरुमा सडक बत्ति हरु राखेकाे बडिमालिका नगरपालिकाले बतायकाे छ।

सडक बत्ति राख्नाकाे लागि नेपाल विद्युत प्राधिकरण बाजुरा बितरण केन्द्र संग समन्वय गरेर पहिलो पटक ६० वटाबल्ब नेपाल विद्युत प्राधिकरणका पोलहरुमा सडक बत्ति जडान गरेकाे नगर प्रमुख अम्मर बहादुर खड्काले बताएका छन्।

नगरप्रमुख खड्काका अनुसार रातिको समयमा मार्तडी बजारलाई उज्यालो बनाउनका साथै बजारकाे साैन्दर्यता समेत बडाउने छ ।रातिकाे समयमा राेडमा हिड्डुल गर्ने ब्यक्ति हरुलाई समेत सजिलाे हाेस् भन्नाकाे लागीनगरले सडक बत्ति जडान गर्ने गरेकाे जनएका छन्।
मार्तडीकाे सार्वजनिक ठाउँहरुमा पहिलो पटक ६० वटा सडक बत्ति जडान गर्ने काम गरिएको हो । बजार भित्रका ५ वटा बिद्युत मिटरबाट ६० वटा सडक बत्ति बाल्ने र उक्त सडक बत्तिकाे बालेबापत काे रकम युनिट अनुसारको रकम नेपाल विद्युत प्राधिकरण बाजुरा बितरण केन्द्रलाई नगरपालिकाले भुक्तानि रकम भुक्तानी गर्ने भएको छ ।

यस अघि पनि बजारमा सडक बत्तिकाे रुपमा साेलार बत्ति राखेका थिय ।साेलार बत्ति छिट्टै समयमा बिग्रीने भएकाले यश पटक बिद्युत बाट बल्ने हुन् ।

  • सेती कर्णाली खबर
  • आइतवार, असार १६, २०८१ १७:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?