October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बिच्छ्याको काठेपुल ५ वर्षपछि मर्मत

  • सेती कर्णाली खबर
  • बिहिबार, असार १३, २०८१ १३:0४
बिच्छ्याको काठेपुल ५ वर्षपछि मर्मत

बाजुरा- भौगोलिक दृष्टिकोणले दुर्गम बिच्छ्या केन्द्रमा रहेकोे काठेपुल ५ वर्षपछि मर्मत कार्य सम्पन्न गरिएको छ।

२०४५ सालमा निर्माण भएको हिमाली गाउँपालिका वडा नम्बर ३ बिच्छ्या केन्द्रमा रहेको काठेपुल पाँच वर्षपछि मर्मत कार्य सम्पन्न गरिएको छ। काठेपुल धेरै वर्ष पुरानो भएको हुँदा जीर्ण बन्दै गर्दा त्यहाका स्थानीयहरुलाई आवतजावत समस्या भएको थियोे। काठेपुलमा लगाएका काठ कुहिएर टुटेको हुँदा स्थानीय जटिल समस्या आएको हो। आर्थिक वर्ष २०८१/०८२ टोल तथा वडा स्तरका योजना छनोट गर्दा बिच्छया काठेपुल पहिलो प्राथमिकता राखेको हो। आगामी आर्थिक वर्षको लागि हिमाली गाउँपालिका १४ औं गाउँ सभाबाट १ लाख बजेट छुट्टयाइएको छ। अहिले त्यहाँका स्थानीय आवतजावत समस्या हुँदा तत्काल रकम छुट्याएर एक हप्ता भित्र बनाउन लगाए स्थानीयहरुलाई आवतजावतमा सहज भएको वडा अध्यक्ष जोख्या भण्डारीले बताएका छन।

साबिक बिच्छ्यामा मात्र नभई हुम्ला अधिकास जनजाति भेडा खालबामा खाद्यान्न ढुवानी गर्दा त्यही काठेपुल बाट भएर सिमकोट चाहिना हिड्ने गर्छन। त्यतिमात्र नभएर जडिबुटी मुख्य केन्द्र भएको कारण बझाङ, अछाम र कालिकोट बाट आउने जाने गर्ने मुख्य पुल हो। हिउँदमा खोला पानी घट्ने भर्खा सिजन खोलाको पानी बढने गरेको हुन्छ। यतिखेर खोला पानी बाहप बढेर हेर्न नसिक्ने खालको खोला हुने गर्छ। त्यसका निम्ति तत्काल बजेट राखेर काठेपुल मर्मत गरि स्थानीय यताउता गर्न समस्याको समाधान भएको छ। पालिकाको रकमले सम्भावना नभएपछि निर्माणकार्यमा ढिलाइ भएको हो। नेपाल देशकै पिछडिएको जिल्लामा अन्तिम रहेकोे त्यसमा पनि पछाडिको ठाउँ बिच्छ्या काठेपुल मात्र समस्या नभई सडक, टेलिफोन, खाद्य र नुन डिपो सहित समस्या रहेका छन। अहिलेसम्म जतिपनि नेतागण बिच्छ्यामा आउनेजाने गरेका छन। यहीँका स्थानीयका समस्या प्रदेश र संघ सरकारको नजरमा जान सकेको छैन। जुन समस्यालाई समाधान गर्न सम्बन्धि निकायको ध्यानाकर्षण रहेकोे वडा अध्यक्ष भण्डारीले जनाए।

बिगत लामो समयदेखि बिच्छ्या काठेपुलको मुख्य समस्या रहेकोे थियो। अहिले गाउँपालिका बाट बजेट हालेपछि स्थानीयले काठेपुल मर्मत गरेका छन। पुल मर्मत गरे संगै त्यहाँका अधिकास स्थानीय आवतजावतमा समस्या समाधान भएको छ। पुल मर्मत नहुनु भन्दा अगाडि मान्छेलाई जोखिम लिएर पुल हिड्नु पर्ने गाइ भैसीलाई वारपार गर्न निकै जटिल खालको अवस्था रहेकोे हो। अहिले पुल मर्मत भइसकेपछि बिच्छ्या बासिन्दा सबै खुसी भएका छन। धेरै वर्षदेखि बिच्छ्या काठेपुल जीर्ण भएको कारणले समस्या परेका थिए। अहिले पुल मर्मत गरिसकेपछि समस्याको समाधान हटेको छ। करिब ६० मिटर काठेपुल पुरै काठ फेरबदल गर्दा ढुक्कसंग पुलमा आउनजान धेरै सहज भएको स्थानीय चिरञ्जीवी रोकायाले बताएका छन।

  • सेती कर्णाली खबर
  • बिहिबार, असार १३, २०८१ १३:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट