October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

पुलमा फसेका खच्चडको उद्धार पछि तत्काल उपचार

  • सेती कर्णाली खबर
  • सोमवार, जेष्ठ २८, २०८१ 0१:५९
पुलमा फसेका खच्चडको उद्धार पछि तत्काल उपचार

अछाम र दैलेखकाे बिचमा रहेकाे कर्णाली नदी माथि पुलमा अड्किएका १३ वटा घाइते खच्चडको उद्धार भएपछि तत्काल उपचार भएको छ । फसेका १३ खच्चड मध्य २ वटा खच्चडको कर्णालीमा खसेर मृत्यु भएको छ भने बाँकी घाइते खच्चडको तत्काल उपचार भएको हो ।

पञ्चदेवल विनायक नगरपालिकाका राजेन्द्र बाेहाेरा,जीवन रोका र नवीन रोकाका गरी ११ वटा खच्चडको सकुशल उपचार गरेको पञ्चदेवल विनायक नगरपालिका पशु सेवा शाखा संयोजक प्रेम जैशीले बताए ।

अछामको पञ्चदेवल विनायक नगरपालिका र दैलेखको आठबिस नगरपालिका बाट खटिएको पशु सेवा शाखाको टोलीले ११वटा खच्चडको तत्काल उपचार गरेको हो ।

आइतबार बिहान ९ बजेतिर अछामको पञ्चदेवल विनायक नगरपालिकाबाट चामल लिन दैलेखको आठविस नगरपालिका ४ खिड्कीज्यूला जानेक्रममा झोलुङ्गे पुलको तलकाे लट्ठा चुँडिँएकाेले पुलमा अड्किएका खच्चडको उद्धार सँगै उपचार भएका खच्चडहरू को स्वास्थ्य अवस्था अहिले सामान्य रहेको पशु सेवा शाखा संयोजक जैसीको भनाइ छ


बिहान ९ बजेतिर फसेका खच्चडको उद्धारका लागि अछाम र दैलेख जिल्लाबाट सशस्त्र प्रहरी, जनपथ प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगेर उद्वार गरेका हुन्

  • सेती कर्णाली खबर
  • सोमवार, जेष्ठ २८, २०८१ 0१:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट