October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमाली गाउँपालिका कृषक समुहलाई हाते ट्याक्टर वितरण

  • सेती कर्णाली खबर
  • बिहिबार, जेष्ठ १०, २०८१ ११:३६
हिमाली गाउँपालिका कृषक समुहलाई हाते ट्याक्टर वितरण

उमेश रोकाया,बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिकाका ४ वटा कृषक समुहलाई हाते ट्याक्टर वितरण गरिएको छ।

जे.आइ.जेट. संस्थाको आर्थिक सहयोगमा हिमाली गाउँपालिका समन्वयमा ४ वटा कृषक समुहलाई हाते ट्याक्टर वितरण गरिएको छ। हिमाली गाउँपालिका ४ नम्बर वडाका फैती र लेप्डी कृषक समुह र ६ नम्बर वडाका बोल्डिक र धिम कृषक समुहलाई हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर हाते ट्याक्टर कृषक समुहलाई वितरण गरेका छन।

दुई वटा आलु ब्याक बनाउन पनि मिल्ने र जोत्ने मिल्ने खालको हाते ट्याक्टर दिएको छ। २ वटा जित्न मिल्ने खालको कृषक समुहलाई हस्तान्तरण गरिएको छ। महिलामा पर्ने श्रम काम हुने भार पनि घटने भएको छ। आधुनिक उपकरण प्रयोग गर्दा उत्पादनमा वृद्धि आउने भएको छ। श्रम कम लाग्ने संगै कृषकलाई हल्लो जोतेर २/४ दिन लाग्ने ठाउँमा हाते ट्याक्टर प्रयोग गर्दा २ घण्टा भित्र काम गर्ने भएको छ। लागत कम लाग्ने र समयको सदुपयोग हुने भएको छ। उत्पादन वृद्धि हुनु संगै श्रम खेर जानलाई जोगिने र काम छिटोछरितो हुने भएको हिमाली गाउँपालिका कृषि बिकास शाखा प्रमुख टोपबहादुर शाहीले बताएका छन।

विशेषगरी गाउँमा रहेका कृषकलाई खेतबारीमा हल्लो जोत्न सहज पार्नेका निम्ति हाते ट्याक्टर गाउँपालिका मार्फत वितरण गरिएको छ। कृषकलाई खेतमा हल्लो लगाएर दिन भरमा लाग्ने ठाउँमा १/२ घण्टामा काम सकिने भएको छ। कृषकलाई हल्लो जोत्ने गरिने काम भन्दा नयाँ आधुनिक प्रबिधि प्रयोग गर्दा धेरै खेतीपाती काम टेवा हुने भएको छ। यसलाई सहि सदुपयोग भयो भने अन्नबाली उत्पादन क्षेत्रमा वृद्धि हुने छ। कृषकलाई सहज तरिकाले खेतीमा सहयोग मद्दत समेत राहत स्वरुप हुने भएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन।

हाते ट्याक्टर वितरण कार्यक्रम हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल, निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी, कृषि बिकास प्रमुख टोपबहादुर शाही, जे.आइ.जेट. संस्थाका प्रतिनिधि इन्दजित सुनार लगायत कृषक समुह उपस्थितिमा हाते ट्याक्टर हस्तान्तरण कार्यक्रम गरिएको हिमाली गाउँपालिकाले जनाएको छ।

  • सेती कर्णाली खबर
  • बिहिबार, जेष्ठ १०, २०८१ ११:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट