October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

जगन्नाथ गाउँपालिका २ मा ढुङ्गा प्रशोधन तथा खानि उद्योग सञ्चालन ।

  • सेती कर्णाली खबर
  • आइतवार, जेष्ठ ६, २०८१ 0६:४५
जगन्नाथ गाउँपालिका २ मा ढुङ्गा प्रशोधन तथा खानि उद्योग सञ्चालन ।

अनिल शाही

बाजुराको जगन्नाथ गाउँपालिका वडा नं २ मा ढुङ्गा प्रशोधन तथा खानि उद्योग सञ्चालनमा ल्याइएको छ । बाजुरामै पहिलो पटक जगन्नाथ गाउँपालिकामा शनिवारबाट बडिमालिका ढुङ्गा प्रशोधन तथा खानि उद्योग सञ्चालनमा ल्याइएको हो ।सुदुरपश्चिम प्रदेश सरकार वन पर्यटन तथा वातावरण मन्त्रालय, जिल्ला घरेलु उद्योग कार्यालयको ५० लाख बढीको आर्थिक सहयोगमा ढुङ्गा प्रशोधन केन्द्र सञ्चालन गरीएको संचालक धर्मबहादुर शाहीले जानकारी दिनुभएको छ ।

बाजुरामै पहिलो पटक ढुङ्गा प्रसोधन तथा खानि उद्योग संचालनमा आएको उहाँले बताउनुभयो । ढुङ्गाका विभिन्न आकृति बनाउने तथा ढुङ्गा कटिङ्ग गरि सहर बजारमा विक्रि वितरण गर्ने उदेश्यका साथ उद्योग संचालनमा ल्याईएको संचालक  शाहीले बताउनुभयो । ढुङ्गा प्रसोधन तथा खानि उद्योगको शनिवार एक कार्यक्रमका विच सहायक प्रमुख जिल्ला अधिकारी रूपक मण्डलले उद्धघाटन गर्नुभएको छ ।

उद्धघाटन कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रूपक मण्डल, घरेलु उद्योग कार्यालयका प्रमुख मान बहादुर चाड, जगनाथ गाउँपालिका वडा नं २ का अध्यक्ष धनवीर सार्की, जगन्नाग गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद जोशी, कोलेनिका लेखापाल मान सिह धामी, कृषी विकास बैंक प्रबन्धक सिद्धराज भट्ट, रेडियो बुढिनन्दाका प्रबन्ध निर्देशक अनिल शाही, जिल्ला प्रशासनका कम्प्युटर अपरेडर नैन रावल लगायत अन्य स्थानीयको सहभागिता रहेको बताईएको छ ।

  • सेती कर्णाली खबर
  • आइतवार, जेष्ठ ६, २०८१ 0६:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट