October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

एमाले बाजुराको अध्यक्षमा रङ्गमान शाहीको नाममा सहमतिको खाका बन्यो

  • सेती कर्णाली खबर
  • बिहिबार, जेष्ठ ३, २०८१ १0:३७
एमाले बाजुराको अध्यक्षमा रङ्गमान शाहीको नाममा सहमतिको खाका बन्यो

सेतीकर्णाली खबर

३जेष्ठ  बाजुरा/ नेकपा एमाले बाजुराको ८औ जील्ला अधिवेसनमा तिनै जना अध्यक्षका उमेद्वारलाइ समेटर जाने सहमतिको खाका बनेको छ ।

नेकपा एमाले बाजुराको ८ औं जिल्ला अधिवेशनको ज्येष्ठ १ गते पार्टी केन्द्रीय कमिटी उपाध्यक्ष राम बहादुर थापा ‘बादल’ले उद्घाटन गरेको थिए ।

उद्घाटन पश्चात सहमति गर्ने की, निर्वाचन गर्ने भन्ने बिषयमा नेताहरु बीच आन्तरिक छलफलले निष्कर्ष निकालेको छ।

 

पार्टी जिल्ला अधिवेशनको चुनाव गर्ने भन्दा पनि सहमति गरेर अध्यक्षका आकाङ्क्षि तिनै जनालाई समेटेर लैजाँदा पार्टी पंक्ति बलियो हुने र पार्टीमा गरेको योगदानको कदर हुने अधिवेशन प्रतिनिधिहरुको भनाइ रहेको छ। खुलासत्र सुरु भएदेखि नेताहरु आन्तरिक छलफलमा जुटेका थिए ।

नेकपा एमाले बाजुराको अधिवेशनका लागि नौ वटै स्थानीय तहका ६९ वटा वडाबाट आएका प्रतिनिधिहरुको पनि चाहाना रहेको र रंगमान शाहीको नेतृत्व भए एमाले पार्टी बाजुरामा बलियो हुनेमा अधिवेशन प्रतिनिधिहरु विश्वस्त छन। ११ हजार ६ सय ६७ जना पार्टी संगठित सदस्य मध्येबाट प्रतिनिधि छनोट भएर आएका छन् ।

बुढीनन्दा नगरपालिकाबाट सबैभन्दा बढी प्रतिनिधिहरु सदस्य संख्या छ । त्यसपछि गौमुल गाउँपालिका, बडीमालिका नगरपालिका, जगन्नाथ गाउँपालिका, बुढीगंगा नगरपालिका, स्वामीकार्तिक खापर गाउँपालिका, खप्तड छेडेदह गाउँपालिका, त्रिवेणी नगरपालिका र हिमाली गाउँपालिका संगठित सदस्य संख्या रहेको छ ।

जिल्लाकाे नेतृत्वका लागि अध्यक्ष रङ्गमान शाही
उपाध्यक्ष लाल बहादुर ओली
सचिब भरत थापा हुने शिर्ष नेताहरुको आन्तरिक छलफल पछि अध्यक्षका उम्मेदवारहरुलाई समेटेर लैजाने सहमतिको खाका बनेको एक अधिवेशन प्रतिनिधिले जानकारी दिएका छन।

 

  • सेती कर्णाली खबर
  • बिहिबार, जेष्ठ ३, २०८१ १0:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट