October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

कर्णालीले बगाएको बेर्मा पुल २ वर्षसम्म पनि बनेन

  • सेती कर्णाली खबर
  • शुक्रबार, बैशाख २८, २०८१ 0६:१८
कर्णालीले बगाएको बेर्मा पुल २ वर्षसम्म पनि बनेन

सेतीकर्णाली खबर २८ वैशाख, बाजुरा  स्वामिकार्तिक र जगन्नाथ  जोड्ने बेर्मा  झोलुङ्गे पुल २०७९ असोज १९ देखि२५ गतेसम्म लगातार आएको अबिरल वर्षाको कारणले कर्णाली नदीको बाढीले बाजुराको बालुुवा र भैसागाड र बेर्मा मा रहेको झोलुङ्गे पुल बगाएको थियो । उक्त पुलले स्वामिकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिका जोडेको थियो । यही पुल भएर दुई गाउँपालिकाका बासिन्दा वारपार गर्थे, बजार झर्थे र आवश्यक पर्दा नजिकैको स्वास्थ्य चौकी पुग्थे ।

पुल नभएपछि स्वामीकार्तिक खापर गाउँपालिका वडा नं १, २ र जगन्नाथ गाउँपालिका ३, ४ र ५ का बासिन्दा नजिककै बजारबाट टाढिएका छन् । पुल नहुँदा १ हजार घरपरिवारलाई प्रत्यक्ष असर परेको छ ।यी गाउँबाट जगन्नाथ गाउँपालिकाको बेर्मा बजार आउने झोलुङ्गे पुल कर्णाली नदीले बगाएपछि बजारको पहुँचसँगै आवतजावतमा समस्या भएको स्थानीय शिक्षक धनबहादुर धामीले जानकारी दिए ।
पुल हुँदा यी वडाका बासिन्दालाई बेर्मा बजार पुग्न एकदेखि तीन घण्टासम्म लाग्थ्यो । अहिले भने कम्तिमा ४ घण्टा लाग्ने गरेको स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले जानकारी दिए । उनले भने, ‘साप्पाटलगायत गाउँका बासिन्दा ४ घण्टा हिंडेर जगन्नाथ गाउँपालिकाको जुड्डीमा रहेको झोलुङ्गे पुल तरेर बजार आवतजावत गर्नु परेको छ ।,

गाउँपालिका अध्यक्ष रोकायाले भैसागाडमा झोलुङ्गे पुल निर्माणका लागि बजेट स्वीकृत भइसकेको बताएका छन् । उनले भने, ‘पुल निर्माणका लागि अर्थ मन्त्रालयबाट ३ करोड बजेट व्यवस्थापन भएको छ । ३ सय मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि केही दिनमा टेन्डर गर्ने तयारी छ ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, बैशाख २८, २०८१ 0६:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट