October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुराको पिलुचौरमा वृहत् नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने

  • सेती कर्णाली खबर
  • मङ्लबार, बैशाख ११, २०८१ 0८:00
बाजुराको पिलुचौरमा वृहत् नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने

बाजुरा- बाजुरा जिल्लाको उत्तरी भेग पिलुचौरमा वृहत् नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ।

हिमाली गाउँपालिका र स्वामिकार्तिक खापर गाउँपालिकाको आयोजना र काठमाडौ मेडिकल कलेज सिनामंगल काठमाडौ प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ। बैशाख १५ गते जगन्नाथ गाउँपालिका पिलुचौरमा रहेको सामुदायिक हस्पिटल एण्ड रिसर्च सेन्टरमा गरिने भएको स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले बताएका छन।

नि:शिल्क स्वास्थ्य शिविरमा जनरल मेडिकल, स्त्रीरोग, बाल रोग, सल्यक्रिया सर्जरी, मनो रोग, हाडजोर्नी तथा नशा, छाला तथा यौन रोग, नाक, कान, घाँटी, आखा, दन्त, इ.सि.जी., भिडियो एक्सरे, ल्याब टेस्ट र मुटु रोग लगायत रोगको उपचार गरिने भएको छ। अपरेशन गर्नुपर्ने विरामीहरुलाई काठमाडौं मेडिकल कलेज सम्पूर्ण अप्रेसन खर्च नि:शुल्क गर्ने औषधि, खाना, सामान बाहेक अरु सबै खर्च लाग्ने निःशुल्क उपचार गरिने भएको अध्यक्ष रोकायाले बताएका छन।

१ दिने विशेषज्ञ डाक्टर मार्फत नि:शिल्क स्वास्थ्य सेवा शिविर सञ्चालन गरिने भएको छ। उक्त शिविरमा २० जना डाक्टर र माननीय डा.सुनिल शर्मा टोलि सहित आउने भएका छन। स्वास्थ्य शिविर संगै जनता संग भेटघाट गर्ने सुदुरपश्चिम र कर्णाली प्रदेशका केही जिल्लाका ठाउँमा माननीय शर्मा स्वास्थ्य शिविर र संवादमा जोडिने गरि आउने भएको आयोजकले बताए।

  • सेती कर्णाली खबर
  • मङ्लबार, बैशाख ११, २०८१ 0८:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट