October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

दुइ बालिका कर्णाली नदिमा बगेर बेपत्ता

  • सेती कर्णाली खबर
  • बिहिबार, बैशाख ६, २०८१ १४:४१
दुइ बालिका कर्णाली नदिमा बगेर बेपत्ता

उमेश जङ्ग शाही
६ बैशाख, बाजुरा/ जगन्नाथ गाउपालिका वडा नं.२बस्केना
नुनेपानि नजिकै कर्णाली नदिमा नुहाउने क्रममा २ जना बालिका बगेर बेपत्ता भएकि छन। आज दिउसो २ बजे तिर नन्द बहादुर शाहको छोरी वर्ष १५ कि सोबिना शाह र भुपेन्द्र शाहीको छोरी १४ वर्षिय बालिका सन्जु शाही कर्णाली नदिमा नुहाउने क्रममा पानिमा डुबेर बेपत्ता भएको प्रहरी चौकी कुन्ना इन्चार्ज प्रहरी सहायक निरिक्षक तेज बहादुर भाटले बताउनु भयो। सोबिना र सन्जुसंगै नुहाउन गएका अरु ३ जना बालिकाको दिल्लिप शाहीले सकुशल उद्दार गरेको बताइएको छ।स्थानियबासी र सुरक्षाकर्मीले बालिका बगेको समय देखि नदिको दुबै किनारामा खोज्दा नभेटिएको र बेपत्ता बालिकाको खोजिकार्य जारी भइरहेको छ।

  • सेती कर्णाली खबर
  • बिहिबार, बैशाख ६, २०८१ १४:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट