ट्याक्टर चालक खप्तड छेडेदह गाउँपालिका ७ का रामबहादुर बुढाले चलाएको ट्याक्टर सिमधारा खोला बारीबाट खोला परी गिट्टी लैजादै गर्दा ब्रेक फेला भएर सडकमा पल्टिएको र ट्याक्टर चालक सशुकल रहेको प्रहरी जनाएको छ ।
ट्याक्टर चालक बुढा हाम फालेर बाच्न सफल भएका हुन् । ट्याक्टरको अगाडीको भाग खोलामा परेको छ । भने पछाडी गिट्टी लोड गरिएको भाग सडकमै पल्टिएको छ । ट्याक्टर दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरी जनाएको छ ।
ट्याक्टर सिमधारा खोलामा निर्माण भईरहेको घट्मुना–मानाकोट जोड्ने पक्की पुल निर्माणका सामाग्री गिट्टी अनलोड गर्दै आईरहेको थियो ।