October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

अनाई खाेलामा बाडीले ट्याक्टर बगाउदा चालक बेपत्ता

  • सेती कर्णाली खबर
  • सोमवार, साउन ८, २०८० १७:११
अनाई खाेलामा बाडीले ट्याक्टर बगाउदा चालक बेपत्ता

बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा रहेको मार्तडी–कोल्टी सडकअन्तर्गत बडिमालिका नगरपालिका– ९ बाउली खोलाले ट्याक्टर र चालक बगाएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आइतबार राति ११ बजेतिर कोल्टीबाट मार्तडी आउँदै गरेको से.२त ३२२५ नम्बरको ट्याक्टर करिब २० मिटर तल ढुंगामा अड्किएको अवस्थामा फेला परेको र चालक डुबनारायण चौधरी बेपत्ता भएका छन् ।
ट्याक्टर डोटी जिल्ला घर भई हाल सदरमुकाम मार्तडीका होलसेल व्यापारी पुष्प खड्काको रहेको प्रहरीले जनाएको छ । बेपत्ता चालक चौधरीको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक कवीन्द्रसिंह बोहराले बताए ।

  • सेती कर्णाली खबर
  • सोमवार, साउन ८, २०८० १७:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट