October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

शेखरलाई वरिष्ठ नेता बनाउन मन्त्री लिम्बुको माग

  • सेती कर्णाली खबर
  • आइतवार, साउन ७, २०८० १0:५२
शेखरलाई वरिष्ठ नेता बनाउन मन्त्री लिम्बुको माग

साउन, काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले संस्थापनइतरका नेता डा. शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन सभपाति शेरबहादुर देउवासँग आग्रह गरेका छन् ।

पार्टीका मन्त्रीहरुले मन्त्रालयगत जानकारी दिनका लागि बैठकमा डाकिएका लिम्बुले विगतको अवस्था ख्याल गर्दै कोइरालालाई वरिष्ठ नेता बनाउन माग गरेका हुन् ।

मोरङका जिल्ला सभापति समेत रहेका लिम्बुले भने, ‘हिजो चुनाव तपाईले गिरीजाप्रसाद कोइरालासँग लड्नुभयो । वरिष्ठ नेता प्राप्त गर्नुभयो । अहिले डा. शेखर कोइरालाले किन प्राप्त नगर्ने ?’यसअघि केन्द्रीय समिति बैठकमा नै केन्द्रीय सदस्य चन्द्रबहादुर केसीले गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउन माग गरेका थिए ।

पार्टी केन्द्रीय कार्यालयमा कोइरालाका लागि छुट्टै कार्यकक्ष बनेपनि उनलाई वरिष्ठ नेताको उपाधी दिइएको छैन । कांग्रेसको विधानमा वरिष्ठ नेताको व्यवस्था भने छैन ।अनलाईन खबर बाट

  • सेती कर्णाली खबर
  • आइतवार, साउन ७, २०८० १0:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट