October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बडिमालिका नगरपालिकामा थपिदै शहरी स्वास्थ्य केन्द्र

  • सेती कर्णाली खबर
  • आइतवार, जेष्ठ २८, २०८० १७:२२
बडिमालिका नगरपालिकामा थपिदै शहरी स्वास्थ्य केन्द्र

जेठ २८ बाजुरा — बाजुरा जिल्लाकाे बडिमालका नगरपालिका ले आफ्नाे नगरबासीकाे स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन बडिमालिका नगरपालिकाले ढम्कने मा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेर आफ्नाे लिस्टमा एक शहरी स्वास्य केन्द्र थपेकाे छ ।
स्वास्थ्य चाैकी र जिल्ला असपताल बाजुरा बाट टाढा रहेकाे बडिमालिका ७ ढम्कनेका जनतालाई सहजै रुपमा स्वास्थ्यकाे पहुच पुगाेस् भन्ने हेतुले त्यस क्षेत्रमा शहरी स्वास्थ्य केन्द्रको स्थापना गरीएकाे ब न पा ७ का वडा सदस्य डबल ब बि क ले बताएका छन् ।
यहाका जनताहरु स्वास्थ्य काे पहुच बाट टाढा भएकाे हुदा र मार्तडी स्वास्थ्य चैाकी र पाण्डुसै स्वास्थ्य चाैकी बाट टाढा रहेकाे याे बस्ती मा शहरी स्वास्थ्य चाैकीकाे अतिनै आबस्यक रहेकाे थियाे अब बल्ल पुराभयाे हामिले यहाका जनतालाई स्वास्थ्यकाे पहुच बाट टाढा हुन नहुनदिने हाम्राे साेच बल्ल पुग्याे र याे शहरी स्वास्य चाैकीले पाेरखे गढी, कालाजग्रा घुम्न आउनेलाई समेत दिन सकिने अर्का वडा सदस्य लाेकेन्द्र बहादुर राेकायाले बताएका छन् ।
स्वास्थ्य सेवालाई अतिसंवेदनशीलता लाई मध्यनजरमा राख्दै यस नगरपालिकाले पहिलो प्राथमिकतामा राखेर स्वास्थ्य सेवा बिस्तार कार्यलाई अगाडि बढाएको हाे ।
स्थानीय तहको निर्वाचनपछि नागरिकलाई गाउँ ठाउँमै सहज, सरल र सुलभ सेवा दिने उद्देश्यले स्वास्थ्य संस्था र सेवा विस्तार गर्दै लगिएको बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले बताएका छन् बडिमाफिका नगरपालिका वाड न ७ को ढम्कनेमा सेवा बिस्तार भए संगै नगरपालिकाको केन्द्रदेखि टाढा रहेको वडा १ को सल्लेनामा र ८ को रापकमा पनि शहरी स्वास्थ्य केन्द्र काे स्थापना राखेकाे प्रमुख खड्काले बताएका छन् । ढम्कनेमा स्वास्थ्य केन्द्रको स्थापना गरी सेवा दिन सुरु भइसकेको र अन्य २ ठाउँमा भाैतिक संरचानाहरु निर्माण भइरहेकोले चाँडै संचालनमा आउने नगर प्रमुख खड्काले बताए का हुन्। स्वास्थ्य सेवा सुलभ बनाउने उद्देश्यले नागरिकलाई स्वास्थ्यको पहँुच पुर्‍याउनका लागि वडाको विशेष पहलमा केन्द्र स्थापना भएको नगर प्रमुख खड्काले थपेका छन् ।
नागरिकलाई सहज सेवा दिन पायक पर्ने ठाउँमा स्वास्थ्य केन्द्र स्थापना गरिएको र यस केन्द्रबाट ढम्कने दुदुली भोटेवाडा बकेजुल ,किलामुस्टा,पाण्डुसैनकाे अंगाउपानीका लगायतका बस्तीहरुका लागि सहज हुने साथै कालाग्रा गुफाताल घुम्न आउने ,काेल्टी बाट मार्तडी आउने ब्यक्ति हरु पाेरखेकाे लेखकाे चिसाेले बिच बाटाेमा बिरामि भएर मार्तडी पुग्नु भन्दा पहिला त्यहा उपचार गर्न सकिने वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् । स्थानीय सरकार आफ्ना नागरिकको सेवाकाेलागी हरबखत लागि रहेको छ । यश मा आवश्यक पर्ने सामग्री नगरले बन्दोबस्त गरीदिने बताउँदै वडा अध्यक्ष पाध्यायले यहाका जनताले सहजै सेवा सुबिधा स्वास्थ्य केन्द्रबाट लिन स्थानीयलाई समेत आग्रह गरेका छन् ।
आईतबार एक कार्यक्रमका बिच बडिमालिका नगरपालिका ७ ढम्कनेमा स्थापना गरिएको शहरी स्वास्थ्य केन्द्रको उद्धघाटन गरिएको कार्यक्रर्म मा बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले एक कार्यक्रमका बिच आजैबाट सेवा दिने गरि केन्द्रको उद्धघाटन समेत गरीएकाे छ।
यसकार्यक्रममा वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि भने नगर प्रमुख अमर खड्का रहेका थिए ।
कार्यक्रमको विशिष्ट अतिथिको रुपमा बडिमालिका नगरपालिका का प्रमुख प्रशासकिय अधिकृत रंगमल विक, वडा सदस्यहरु लोकेन्द्र रोकाया, डवल विक र पार्वती जोशी, नगर स्वास्थ्य संयोजक टेक बहादुर खड्का पत्रकार लक्ष्मीराज पाध्याय लगायतको त्यहाका स्थानियकाे समेत बड्दाे उपस्थिीती रहेको थियो । कार्यक्रममा टोल बिकास समितिका संयोजक राम बहादुर धामीले स्वागत गरेका थिए भने कार्यक्रमको संचालन मार्तडी स्वास्थ्य चौकी चुथीका इन्चार्ज काँशीचन्द्र पाध्यायले गरेका थिए ।
यश नगरपालिका मा अहिले ३ वटा स्वास्थ्य चाैकी र विभिन्न ठाउका शहरी स्वास्थ्य केन्द्रबाट जनतालाई सेवा सेवा दिदैआएकाे छ । भने चुथि स्वास्थ्य चाैकी मा १०सैया सहितकाे नया भवन समेत निर्माण गरिराखेकाे छ ।

  • सेती कर्णाली खबर
  • आइतवार, जेष्ठ २८, २०८० १७:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट