October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरामा दादुरा , रुवेला खोप अभियान सञ्चालन हुने

  • सेती कर्णाली खबर
  • मङ्लबार, जेष्ठ १६, २०८० 0८:५९
बाजुरामा दादुरा , रुवेला खोप अभियान सञ्चालन  हुने

बाजुरा –  जिल्लाका ९ वटै स्थानीय तहका प्रत्येक वडामा  दादुरा , रुवेला खोप अभियान सूरु हुने भएको छ । रोग रोकथाम तथा निणन्त्रण लागी दादुरा प्रकोप हटाउनका लागी दादुरा रुवेला खोप अभियान संचालन गरिने जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
दादुरा रुवेला खोप अभियान संचालन गर्नका लागी मंगलबार देखि ३ दिने अभिमुखीकरण तालिम संचालन गरिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय बाजुराको आयोजना तथा युनिसेफ,वाटरेट र विश्व स्वास्थ्य संगठनको समन्वय तथा सहकार्यमा जिल्ला सदरमुुकाम मार्तडीमा स्वास्थ्यकर्मीहरुलाई ३ दिनसम्म प्रशिक्षण दिइने स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत महेश चन्दले बताए ।
दादुरा रुबेला सम्बन्धी स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षण दिइसकेपछी जिल्लाका नौं वटै पालिका उक्त खोप अभियान संचालन गरिने जनस्वास्थ्य अधिकृत चन्दले जानकारी दिएका छन् ।
जिल्लामा हालसम्म ७५ प्रतिशत बालबालिकाले खोप पाएको र २५ प्रतिशत बालबालिका अझै खोप पाउनबाट बञ्चित रहेको बताए ।
स्वास्थ्यको लक्ष्य नै  ९५ प्रतिशत लगाउने हो तर केही समस्याका कारण लगाउनु नसकिएको भन्दको भनाइ रहेको छ ।
जिल्लामा खोपको कभरेज सबै स्थानीय पालिकामा ९५ प्रतिशत भन्दा माथि पुर्याउने उद्देश्यका साथ उतm अभियान संचालन गरिएको हो ।  प्रत्येक बालबालिकालाई पुर्ण खोप लगाएर सुनिश्चित गर्ने,खोप काल्डचेनको प्रभावकारी व्यवस्थापन एवंम गुणस्तर कायम गर्ने भनिएको छ ।
खोप अभियानमा ६ महिना देखी १९ बर्ष सम्मका बालबालिकाहरुलाई दादुरा, रुवेला विरुद्धको खोप प्रदान गरी समुदायमा रोग प्रतिरोधात्मक क्षमता बढाउने भएको छ ।
जिल्ला समन्वय समितीका प्रमुख तथा जिल्ला खोप समितीका अध्यक्ष तुलसीराम रोकायाको अध्यक्षतामा संचालन गरिएको अभिमुखीकरण कार्यक्रममा नेपाल पत्रकार महासंघ बाजुराका बरिष्ठ उपाध्यक्ष पदमसिंह,सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख,स्वास्थ्यकर्मी,संचारकर्मी लगाएतको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमको बारेमा जानकारी भने जिल्ला स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत महेश चन्दले गरेका हुन् । कार्यक्रमको संचालन जिल्ला स्वास्थ्य कार्यालय बाजुराका कम्प्युटर अपरेटर प्रशान्तराज जोशीले गरेका हुन।

  • सेती कर्णाली खबर
  • मङ्लबार, जेष्ठ १६, २०८० 0८:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट