October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरा सुरक्षा प्रमुख , मुख्य निर्वाचन अधिकृत र सिडियो माथि आक्रमण गर्ने११ जना पक्राउ

  • सेती कर्णाली खबर
  • शनिबार, मंसिर १०, २०७९ 0७:२६
बाजुरा सुरक्षा प्रमुख ,  मुख्य निर्वाचन अधिकृत  र सिडियो माथि आक्रमण गर्ने११ जना पक्राउ

मंसिर १०, बाजुरा–बाजुराको सदरमुकाम मार्तडीमा सिडियो, सुरक्षा प्रमुख, मुख्य निर्वाचन अधिकृत माथि आक्रमण गरेकाे आराेपमा ११ जनालाइ प्रहरीले प्रक्राउ गरि छानबिन शुरु गरेको छ ।
प्रहरीले ११ जनालाइ प्रक्राउ गरि छानबिन गरेर दाेषिलाइ अपमानजनक वा अमानविय व्यवहार गर्न नहुने कसुरमा मुद्धा चलाउने तयारी गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी सुर्य थापाले वताएका छन् । उनिहरु माथी छानबिन शुरु भइरहेकाे थापाले पक्राउ परेका ११ जनालाइ बाजुरा जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
मंसिर ७ गते सदरमुकाम मार्तडीमा रहेको लोकतान्त्रीक चोक नजिक सडकमा मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेल प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारी, सुरक्षा निकायका प्रमुख तथा जवानहरु लाई सार्वजनिक स्थानमा कालो मोसो शरिरमा फाली ढुंगामुढा प्रहार गरि आक्रमण गरेको प्रहरीले जनाएकाे छ । प्रहरीले अमानविय तथा अपमानजनक व्यवहार गर्ने कसुरमा संलग्न ब्यक्तिलाई पक्राउ गरि छानबिन शुरु गरेको प्रहरीले जनाएको छ ।
जिल्ला समन्वय समितिको कार्यलय तथा मुख्य निर्वाचन अधिकृत कार्यलय बाट जिल्ला प्रशासन कार्यलय बाजुरा जाने बेला मार्तडीमा रहेको लोकतान्त्रिक चोकमा आक्रमण भएको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीले वताएका छन् । ढुगांमुढा प्रहार सँगै कालो मुसो समेत फाल्ने काम भएको प्रमुख जिल्ला अधिकारीले वताएका छन् । लोकतान्त्रिक चोकमा टायर बालेको कालोमुसो फालेका थिए । अनेरास्वियु बाजुराका एक नेताले भने निर्दाेष ब्यत्तिलाइ प्रहरीले पक्राउ गरेकाे आराेप लगाएका छन् ।

  • सेती कर्णाली खबर
  • शनिबार, मंसिर १०, २०७९ 0७:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट