October 15, 2025 | बुधबार, अशोज २९, २०८२

शिक्षकलाई पहिलो पटक एकिकृत पाठयक्रम सम्वन्धि तालिम

  • सेती कर्णाली खबर
  • मङ्लबार, साउन ३१, २०७९ १४:३६
शिक्षकलाई पहिलो पटक एकिकृत पाठयक्रम सम्वन्धि तालिम

हस्त चौलागाँई
कालिकोट । तिलागुफानगरपालिका र शुभकालिका गाउँपालिकाका २५ जनाशिक्षकहरुलाई एकिकृत पाठ्यक्रममा आधारित (टिपिडी) तालिम दिइएको छ । तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिकामा रहेका प्रावितहका कक्षा १ देखि ३ सम्म अध्यापन गराउने शिक्षकलाई तालिम दिएको हो ।
आधारभूततह कक्षा १ देखि ३ सम्म अग्रेजी,गणित,नेपाली र हाम्रो सेरोफेरो तथा स्थानीय तहमा बनेको पाठयक्रम सहित ५ वटाविषय हरुलाई एकीकृत रुपमा कसरी शिक्षण गराउने,पाठ्यक्रम,पाठ्य पुस्तक र शिक्षाको निर्देशिकालाई एकीकृत गरी गुणस्तरिय शिक्षाप्रदानगर्ने तालिमको मुख्यउद्देश्य रहेको सेभ द चिल्ड्रेनको सहयोगमा किर्डाक नेपालद्धारा संचालित सहयात्रा परियोजना संयोजक तथा प्रशिक्षक कृपराज जोशीले बताए । तालिमले शिक्षकलाई नयाँ पाठ्यक्रम कसरी पढाउने भन्ने जानकारी हुनेछ । उनले भने पाठ्यक्रम,विद्यार्थी कार्यपुस्तक र शिक्षक निर्देशिकाको अन्तर सम्वन्ध तथाप्रयोगका बारेमा सहभागिहरु स्पष्ट भएकाछन् । गुणस्तरिय शिक्षा लिन र दिनकालागि आवश्यकता पर्ने विभिन्न ज्ञानसिपहरु तालिममा सिकाइएको प्रशिक्षकजोशीले बताए ।
तालिमका अर्का प्रशिक्षक बलिराम चौधरीले एकिकृत पाठ्यक्रम संरचना,विशेषता,राष्टिय उद्येश्य,तहगत सक्षमता,विषयगत सिकाई उपलब्धी तथा अवधारणा २०७६ सम्वन्धि सहजिकरण गरिएको बताए । उनका अनुसार अग्रेजी,गणित,नेपाली र हाम्रो सेरोफेरो तथा स्थानीयतहमा बनेको पाठयक्रम सहित ५ वटा विषयहरु
माथि शिक्षक तथा विद्यार्थीहरुलाई सहजताहुने किसीमको वातावरण बोली चालि सहित समुदाय स्तरमा गुणस्तरिय शिक्षाप्रदान गराउन कै लागि तालिम दिएको र तालिमका सहभागिहरुले सिप हासिल गरेको बताएका छन् ।
दस्तावेजिकरण,प्रतिवेदन अधिकृत सवि राईले आधारभुततह (कक्षा १ देखि ३) को एकिकृत पाठयक्रम,सन्दर्भ सामग्री बहुविषयक र अन्तर बिषयक एकिकरणका बारेमा तालिम दिनु उपलब्धीमुलक रहेको बताइन् । तालिममा दिएका विभिन्न विषयबस्तुहरुको महत्व तेतिकै छ तर पनी शिक्षकहरुलाई पहिलो पटक एकिकृत पाठ्यक्रममा आधारित शिक्षक तालिम दिदा सहभागि शिक्षकहरुले ठुलो उपलव्धी हासिल गरेको राईले बताएकीछन् ।

किर्डाक नेपाल कालिकोटको आयोजना तथा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा संचालित सहयात्रा परियोजना(दोस्रो)को समन्वयमा तालिम दिइएको हो ।
किर्डाक नेपाल कालिकाेटका संयाेजक तुलाराम पाण्डेले कालिकोट जिल्लाकाे अहिले समस्या भनकै सिकाई उपलव्धि रहेको हुदा एकीकृत पाठ्यक्रममा आधारित तालिमले केही सुधार हुने बताए ।
शिक्षा बिकास तथा समन्वय ईकाईका अधिकृत प्रकाशचन्द धितालले शिक्षा क्षेत्रमा कालिकोट जिल्लामा सिकाईकाे लागि पहिलो संस्था किर्डाक रहेको बताए ।
बालबालिकाकाे मनाेबिज्ञान बुझेर पठनपाठन गर्न कुनै पनि तालिम नभएको बताउदै धितालले
एकीकृत पाठ्यक्रम के हाे भन्ने कुरा थाहा नभएको हुदा स्थानीय शिक्षकहरुमा समस्या रहेको बताए ।
उनले खासगरी हामी आफै बाट सुधार गर्न पर्ने बताएका छन् ।
सहभागी शिक्षक सरपलाल बाेहाेरा दुर्गा मावि रताडाबाट सहभागी भएका हुन । उनले भने शैक्षिक सत्रकाे शुरुमा यस्ता तालिम हुनुपर्छ । शिक्षककाे क्षमता बिकास गर्न यस्ता खाले तालिमलाई निरन्तरता दिनु पर्नेमा उनकाे जाेड छ । पहिलाका अनुभव त थिय तर याे तालिममा केही नयाँ कुरा सिकेकाे बताए । बाेहाेराले बिद्दालयमा जादा,प्रस्तुत हुदा कक्षा काेठा जानू अगाडि याेजना बनायर कक्षामा जाने ,उचित सामग्रि सहित कक्षा काेठामा उपस्थिति हुने बताउदै परम्परागत रुपमा बिद्दालय जाने चलन,पढाउने तरिका भन्दा अब फरकपन आउने उनले दाबी गरे । प्रत्येक बिद्यालयका शिक्षकलाई याे तालिम दिनु आवश्यक रहेकाे बताए ।
कालिका आधारभुत बिद्यालय तिलागुफा नगरपालिका वडा नं ११ कि कल्पना शाहीले १० दिनकाे तालिमा धेरैकुरा सिकेकाे बताईन । उनले भनिन परम्परागत शैलिबाट ,पुरानै पाठ्यक्रम अनुसार पढाउदै आएका थियाै । नयाँ पाठ्यक्रम आईसकेपछी यस्ता खाले तालिम लियका थियनाै तर यस पटककाे तालिमले पहिला भन्दा अहिले धेरै कुराकाे ज्ञानकाे लिएकाे बताईन् । तालिममा सहभागी २५ जना शिक्षकहरुले नै महत्त्वपूर्ण तालिम रहेकाे बताएका छन् ।

  • सेती कर्णाली खबर
  • मङ्लबार, साउन ३१, २०७९ १४:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

logo बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री Avatar photo नेपाली पत्र शुक्रबार, २०८० भदौ २९ गते, ११:१७ मा प्रकाशित राजनीति 3 Shares facebook sharing buttontwitter sharing buttonsharethis sharing button     काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले संविधान, बालबालिकासम्बन्धी कानुन र नीतिमा भएका कानुनी, नीतिगत र संस्थागत व्यवस्था कार्यान्वयन गर्न सरकार अग्रसर रहेको बताए । विशेष संरक्षणको आवश्यक भएका बालबालिकाको संरक्षण र संवर्द्धन गर्न सम्बन्धित स्थानीय तहबाटै वैकल्पिक हेरचाह र परिवारिक सहयोग गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले तीनै तहका सरकारले यस्ता बालबालिकाका लागि लगानी वृद्धि गर्न आवश्यक रहेको बताए ।  प्रधानमन्त्री दाहालले बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताजस्ता आधारभूत बाल अधिकारसहित सबै प्रकारका बाल अधिकारको संरक्षण र संवर्द्ध्न गर्न÷गराउन सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई आगामी वर्षदेखि थप लगानीका योजना र कार्यक्रम तर्जुमा गरी बालबालिकामा लगानी वृद्धि गर्न अपिल गरेका छन् । बाल यौन दुव्र्यवहार, बालबालिकाविरूद्धको हिंसा, बालविवाह, बालश्रम, बालबालिकाको बेचबिखन तथा अनधिकृत ओसारपसारजस्ता घृणित कार्यहरू हुन नसक्ने घरपरिवार, समुदाय, समाज र सिङ्गो नेपाल राष्ट्र निर्माण गर्नु हामी सबैको साझा दायित्व र कर्तव्य भएको उनको भनाइ छ ।  “यसका लागि तीनै तहका सरकारी तथा गैरसरकारी संस्थागत बाल संरक्षण संयन्त्रहरू, राष्ट्रिय बाल अधिकार परिषद्, प्रदेश बाल अधिकार समिति र स्थानीय बाल अधिकार समितिहरूको संस्थागत स्रोतसाधनको विकास गरी क्रियाशील बनाउनुपर्दछ”, प्रधानमन्त्री दाहालले भने ।  बालबालिकाको सर्वाङ्गीण विकासका लागि सङ्घ, प्रदेश तथा स्थानीय तहमा रहेका निकाय, बालबालिकाका क्षेत्रमा कार्यरत दातृ निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थालगायतलाई अनुरोध गर्दै उनले बाल अधिकारको संरक्षण तथा प्रवरद्धनका लागि थप क्रियाशीलताका साथ कार्य गर्न आग्रह गरेका छन् ।  प्रधानमन्त्री दाहालले राष्ट्रिय बाल दिवसका अवसरमा सम्पूर्ण बालबालिकाको सुखी, खुसी, समृद्ध र बालमैत्री जीवनयापनको कामना गर्दै उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन् । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ आज ५९औँ राष्ट्रिय बाल दिवस विविध कार्यक्रमका साथ देशभरि मनाइँदै छ ।