August 28, 2026 | शुक्रबार, भदौ १२, २०८३

सुचनाको हक प्रयोग गरि माओवादी केन्द्रले माग्यो दोगडाकेदार गाउपालिले गरेका कामको विवरण

  • सेती कर्णाली खबर
  • मङ्लबार, चैत्र ८, २०७८ १३:४६

आशिष् माल बैतडी
नेकपा माओवादी दोगडाकेदार गाउ कमिटीले विगत पाँच वर्षमा दोगडाकेदार गाउपालिकाले गरेका कामबारे जानकारी लिन सूचनाको हक प्रयोग गरी दर्जन वढी विषयमा सूचना माग गरेका छन् । माओवादी केन्द्र दोगडाकेदार कमिटीका अध्यक्ष तारा सिह कुवर र सचिव धनवहादुर महराले सुचना हक सम्वन्धि ऐन वमोजिम निवेदनमार्फत् ती जानकारी माग गरेका हुन् ।
८ चैत्रमा माओवादी केन्दका अध्यक्ष कुवर र सचिव महराले निवदेन दर्ता गराएका हुन् । नेपालको संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा ३ र ७ अनुसार जनताको जान्न पाउनु पर्ने हकको सम्वर्धनका लागि सूचना माग गरिएको छ ।
मागिएका सूचनामा २०७४÷०७५ यता हालसम्म विकासनिर्माणको कुल खर्च रकम,प्रदेश र संघवाट प्राप्त अनुदानको विवरण, पाँचवर्षको अवधीमा गापाले लिएको गाडी भाडाको पुर्ण खर्च विवरण,इन्धन खर्च विवरण,एनजिओ लाई दिएको अनुदान तथा साझेदारी कार्यक्रमको खर्च विवरण,भम्रणखर्चको विवरण,वेरुजु पछयाट तथा वेरुजुको विवरणै लगायत गापावाट सम्पादन भएका विकास निर्माण तथा चन्दा अनुदान साझेदारी कार्यक्रमको खर्चको शीर्षकगत विवरण माग गरिएको छ ।
यस्तै, कोरोना भाइरस महामारी नियन्त्रणमा गरिएको खर्चको पूर्ण विवरण, वार्षिकगत आन्तरिक आय विवरण, वार्षिकगत रुपमा आन्तरिक आयको खर्च विवरणको माग गरिएको छ ।
यसैगरी दान तथा चन्दामा गरिएको खर्चको पूर्ण विवरण, गैरसरकारी संस्थासँगको साझेदारीको पूर्ण विवरण, बोलपत्र नगरी दरभाउपत्रबाट गरिएका कार्यको पूर्ण विवरण माग गरिएको छ ।
पाँच वर्षको अवधीमा पालिकावाट गरिएको खर्च विवरण, दिइएका सबैखाले अनुदानको पूर्ण विवरण, भ्रमणभत्ता तथा दैनिक भत्तामा गरिएको खर्चको पूर्ण विवरण, खरिद गरिएका सवारीसाधनको विवरण र खर्च रकमको सूचना माग गरिएको छ ।
मागेका सूचना कानुनले तोकेको समयभित्रै प्राप्त हुनेमा आफू विश्वस्त रहेको अध्यक्ष तारसिह कुवरले बताए ।
उनले मागेका सुचना सवै स्पष्ठरुपमा प्राप्त नभए कडा आन्दोलन गरिने वताए । पालिकाको पाँच वर्षे कार्यकालमा सत्तापक्षले गरेका सवै कामको प्रष्ट तस्विर सार्वजनिक हुने बताए । सूचनाको हक सम्बन्धी कानुनअनुसार गाउपालिकाले मागिएको ढाँचामा सूचना दिनुपर्छ । सूचना दिन आनाकानी गरे आफू कानुनअनुसार अगाडि बढ्ने नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा वैतडी ईन्र्चाज नरेन्द्र कुवरको भनाई छ । यश अगि नेपाल काग्रेस पनि नेपाली काग्रेस दोगडाकेदार ले पनि सुचनाको हक प्रयोग गरि पालिकाको बिकास निर्माणका गतिविधिको बारेमा माग गरेको छ ।

  • सेती कर्णाली खबर
  • मङ्लबार, चैत्र ८, २०७८ १३:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

logo बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री Avatar photo नेपाली पत्र शुक्रबार, २०८० भदौ २९ गते, ११:१७ मा प्रकाशित राजनीति 3 Shares facebook sharing buttontwitter sharing buttonsharethis sharing button     काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले संविधान, बालबालिकासम्बन्धी कानुन र नीतिमा भएका कानुनी, नीतिगत र संस्थागत व्यवस्था कार्यान्वयन गर्न सरकार अग्रसर रहेको बताए । विशेष संरक्षणको आवश्यक भएका बालबालिकाको संरक्षण र संवर्द्धन गर्न सम्बन्धित स्थानीय तहबाटै वैकल्पिक हेरचाह र परिवारिक सहयोग गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले तीनै तहका सरकारले यस्ता बालबालिकाका लागि लगानी वृद्धि गर्न आवश्यक रहेको बताए ।  प्रधानमन्त्री दाहालले बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताजस्ता आधारभूत बाल अधिकारसहित सबै प्रकारका बाल अधिकारको संरक्षण र संवर्द्ध्न गर्न÷गराउन सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई आगामी वर्षदेखि थप लगानीका योजना र कार्यक्रम तर्जुमा गरी बालबालिकामा लगानी वृद्धि गर्न अपिल गरेका छन् । बाल यौन दुव्र्यवहार, बालबालिकाविरूद्धको हिंसा, बालविवाह, बालश्रम, बालबालिकाको बेचबिखन तथा अनधिकृत ओसारपसारजस्ता घृणित कार्यहरू हुन नसक्ने घरपरिवार, समुदाय, समाज र सिङ्गो नेपाल राष्ट्र निर्माण गर्नु हामी सबैको साझा दायित्व र कर्तव्य भएको उनको भनाइ छ ।  “यसका लागि तीनै तहका सरकारी तथा गैरसरकारी संस्थागत बाल संरक्षण संयन्त्रहरू, राष्ट्रिय बाल अधिकार परिषद्, प्रदेश बाल अधिकार समिति र स्थानीय बाल अधिकार समितिहरूको संस्थागत स्रोतसाधनको विकास गरी क्रियाशील बनाउनुपर्दछ”, प्रधानमन्त्री दाहालले भने ।  बालबालिकाको सर्वाङ्गीण विकासका लागि सङ्घ, प्रदेश तथा स्थानीय तहमा रहेका निकाय, बालबालिकाका क्षेत्रमा कार्यरत दातृ निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थालगायतलाई अनुरोध गर्दै उनले बाल अधिकारको संरक्षण तथा प्रवरद्धनका लागि थप क्रियाशीलताका साथ कार्य गर्न आग्रह गरेका छन् ।  प्रधानमन्त्री दाहालले राष्ट्रिय बाल दिवसका अवसरमा सम्पूर्ण बालबालिकाको सुखी, खुसी, समृद्ध र बालमैत्री जीवनयापनको कामना गर्दै उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन् । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ आज ५९औँ राष्ट्रिय बाल दिवस विविध कार्यक्रमका साथ देशभरि मनाइँदै छ ।