October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

खाडीमा पसिना बेचेर आर्जेको ज्ञान सीप स्वदेशी यूवाहरुलाई बाँड्दै- अन्तर्राष्ट्रिय प्रशिक्षक ओम उप्रेती – सेतिकर्णाली खबर

  • सेती कर्णाली खबर
  • सोमवार, पुस ५, २०७८ १९:0२
खाडीमा पसिना बेचेर आर्जेको ज्ञान सीप स्वदेशी यूवाहरुलाई बाँड्दै- अन्तर्राष्ट्रिय  प्रशिक्षक ओम    उप्रेती – सेतिकर्णाली खबर

उमेश जङ्ग शाही चितवन/ योगदान राष्ट्रको लागि जिल्ला कार्य समिति चितवन को आयोजना मा ३ दिने नि:शुल्क प्राथमिक उपचार तालिम भब्यताका साथ सम्पन्न भएको छ। प्राथमिक उपचार हाम्रो सरोकार भने मुल नाराका साथ स्थापना कालदेखि हालसम्म देशका ६५ जिल्ला हरू मा कार्यसमिति विस्तार भए सँगै तालिम सञ्चालन भई रहेको संस्थाका अध्यक्ष ओम प्रसाद उप्रेतीले बताए ।
३ दिने नि:शुल्क प्राथमिक उपचार तालिम योगदान राष्ट्रको लागि जिल्ला शाखा चितवनका अध्यक्ष राज सिलवालको‌ अध्यक्षता तथा संघिय मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद शर्मा (खनाल ) को प्रमुख अतिथिमा कार्यक्रम सुरु भएको हो।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा योगदान राष्ट्रको लागिका परिकल्पना तथा केन्द्रिय अध्यक्ष ओम उप्रेती को रहनुभएको थियो भने कार्यक्रम को संयोजक चितवन जिल्ला उपाध्यक्ष एकराज बुर्लाकोटी ज्यु रहनुभएको थियो त्यसैगरी ,केन्द्रिय उपाध्यक्ष राहुल कौशल, केन्द्रिय सचिव बिष्णु भण्डारी,केन्द्रिय कोषाध्यक्ष श्याम पौडेल, केन्द्रिय सदस्य रमिला श्रेष्ठ,केन्द्रिय सदस्य ललिता अर्याल तथा योगदान राष्ट्रको लागि जिल्ला अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो भने कार्यक्रम सञ्चालन योगदान राष्ट्रको लागि चितवन जिल्ला सचिव जानुका धमलाले गर्नु भएको थियो!
कार्यक्रम मा बिभिन्न क्षेत्र बाट युवा हरु को उत्साह का साथ १७५ जना ले तालिम मा सहभागि लिनु भएको थियो, सात समुन्द्र पारि खाडिमुलुक दुबै ( UAE) मा पसिना बगाएर कुनै पनि नेेपाली दाजुभाई दिदिबहिनि आमाबुवाको ज्यान अकालमा नजावस प्राथमिक उपचार सबैले पाउन् । भन्ने हेतुले नेपालको स्वास्थ्य शिक्षामा अन्तरास्ट्रिय स्तरको प्राथमिक शिक्षा हुनु पर्छ भन्दैआउनु भएको छ। र देश ब्या्पि जिल्ला ब्या्पि रुपमा १ दिने तालिम गत वर्षहरुमा दिदै अन्तर्राष्ट्रिय स्तरको प्राथमिक स्वास्थ्य उपचार तालिम दिदै योगदान राष्ट्रको लागि नामक संस्था स्थापना गर्नु भएका अोम उप्रेती धेरै नेपालीहरुको मानसपटल भिज्न थालिसक्नु भएको छ। देशका ७७ वटैजिल्लाहरुमा अन्तरास्ट्रिय स्तरको सुविधा भएको एम्बुलेन्स सञ्चालन गर्ने लक्ष्य रहेको छ। एक नेपाल आमाको सुपुत्रले मात्र यसरी नेपाल र नेपालीको भलो चाहन्छ। सुदुर- पश्चिम र कर्णालीमा जोखिम न्यूनिकरण गर्न प्राथिमिक उपचार सेवा अतिआवश्यक छ। सिटामोल नपाउने ठाउमा दुर्घटना हुदा दिन प्रतिदिन प्राथमिक उपचार नपाएर ज्यानगुमाइरहेको नेपालसरकारले टुलुटुलु हेरि रहेको अवस्था छ।यस्ता घटनाहरु आगामी दिनमा नदोहोरियोस भनेर आफुले कमाइएको व्यक्तिगत पैसा खर्चेर नेपालका सातै प्रदेशमा बेला- बेला निशुल्क प्राथमिक उपचार तालिम दिदै आउनु भएको छ। भन्नू भयो मैले मेरो देशमा जन्मेर राष्ट्रको लाागि योगदान गर्नु पर्छ । योगदान राष्ट्रको लागि सबैले योगदान गर्नु पर्नु पर्छ कसैले आर्थिक रुपमा सहयोग कसैले भौतिक रुपमा सहयोग गरेर योगदान राष्ट्रको लागि सहभागी बन्न आम नेपालीहरुलाई अनुरोध गर्नु भएको छ। प्रवासमा सिकेको ज्ञान सिप स्वदेश का युवाहरुलाई सिकाएर लाखौ नेपाालीहरुको ज्यान बचाउनु जस्तो आनन्द स्वर्गमा अन्त मिल्दैन। CPR , अक्सिजन सेवा ,करेन्ट लाागेमा , घाटिमा खान अड्किएमा ,हृदयघात भएमा, सर्पले डसेको, आगोले पोलेको, कुनै दर्घटनामा परिघाइते भएमा, पानिमा डुबेको , बेहोस भएमा, लेक लागेको लगाएत १६ वटा रोगको प्राथमिक उपचार सेवा सम्बन्धि जानकारिमुलक तालिम दिएरहनु भएको छ। खाडिमा पसिना बेचेर आर्जेको ज्ञान सीप स्वदेशी यूवाहरुलाई बाडिँरहनु भएको छ। यसबिषयलाई नेपाल सरकारले स्वास्थ्य बिभागको ध्यान पुग्न जरुरी छ आर्थिक भौतिक रुपले यसयोगदान राष्ट्रको लागि संस्थाको प्राथमिक उपचार सम्बन्धि जनचेतना फैलाउने खालका सीप बिकासका कार्यक्रम नेपाल सरकारले ल्याउनु पर्छ।

  • सेती कर्णाली खबर
  • सोमवार, पुस ५, २०७८ १९:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट