March 28, 2026 | शनिबार, चैत्र १४, २०८२

स्वामिकार्तिक माविमा ‘स्मार्ट मनी टक्स’ कार्यक्रम, विद्यार्थीलाई वित्तीय साक्षरताबारे सचेतना

  • सेती कर्णाली खबर
  • शनिबार, चैत्र ७, २०८२ 0१:४0
स्वामिकार्तिक माविमा ‘स्मार्ट मनी टक्स’ कार्यक्रम, विद्यार्थीलाई वित्तीय साक्षरताबारे सचेतना

 

सेतीकर्णाली खबर

उमेश  जङ्ग शाही, ७ फागुन बाजुरा-मातृभुमि लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा स्वामिकार्तिक खापर गाउँपालिका वडा नं.४ वाई स्वामिकार्तिक माविमा शुक्रबार Global Money Week 2026 को अवसरमा बाजुरामा ‘Smart Money Talks’ कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रम अन्तर्गत स्वामिकार्तिक माध्यामिक विद्यालयका विद्यार्थीहरूलाई बचत, खर्च व्यवस्थापन, बैंकिङ सेवा र वित्तीय साक्षरताबारे जानकारी प्रदान गरिएको कोल्टी साखा प्रबन्धक तारादेवी शाहीले सेतीकर्णाली खबरलाई जानकारी दिनु भयो । कार्यक्रममा सभापति नृपराज गिरि विधालय व्यवस्थापन समिति अध्यक्ष , प्रमुख अथिति ४ नं. वडाका अध्यक्ष सिँहधामि रअथितिहरु रामआशिष ठाकुर प्राधानाध्यापक, नरबहादुर साउद अनुगमन प्रमुख बाजुरा, बलरुप कठाइत स्वामिकार्तिक मावीका लेखापाल र तारा देवी शाही मातृभुमि वित्तीय संस्थालिमिटेका कोल्टी साखा प्रबन्धक अथितिरहनु भएको थियो ।विद्यालयका शिक्षक,
स्थानीय प्रतिनिधि तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई सानै उमेरदेखि पैसाको सही व्यवस्थापन, बचत गर्ने बानी र आर्थिक निर्णयबारे सचेत बनाउने उद्देश्यले प्रशिक्षण तथा अन्तरक्रिया गरिएको आयोजक  मातृभुमि लघु वित्तीय  संस्थाले जनाएको छ।
यस्ता कार्यक्रमले विद्यार्थीहरूमा वित्तीय साक्षरता बढाउन तथा भविष्यमा जिम्मेवार आर्थिक व्यवहार गर्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

  • सेती कर्णाली खबर
  • शनिबार, चैत्र ७, २०८२ 0१:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट