May 28, 2025 | बुधबार, जेष्ठ १५, २०८२

बाजुरा जगन्नाथमा जिप दुर्घटना ३ जनाको मृत्यु २ जना घाइते

  • सेती कर्णाली खबर
  • मङ्लबार, जेष्ठ १४, २०८२ 0८:२४
बाजुरा जगन्नाथमा जिप दुर्घटना ३ जनाको मृत्यु २ जना घाइते

सेतीकर्णाली खबर

शारदा शाही १३ जेठ बाजुरा /जगन्नाथ गाउँपालिकामा भएको जीप दुर्घटनामा नेपाल दुरसञ्चार कार्यालय बाजुराका प्रमुख लोकबहादुर खड्का सहित ३ जनाको मृत्यु  २ जना घाइते भएको छन।
जगन्नाथ गाउँपालिका-२ काँडाकोटमा रहेको नेपाल टेलिकमको टावर मर्मत गर्न जाने क्रममा भएको जीप दुर्घटनामा टेलिकमका कर्मचारी रवीन्द्र धामी, प्रमुख खड्का र जीप चालक कर्णबहादुर महताको घटना स्थलमै मृत्यु भएको कुन्ना प्रहरी चौकि बाजुराले  सेतीकर्णाली खबरलाई   जानकारी दिएको छ।
नेपाल टेलिकमको बा ५ च २२०९ नम्बरको जीप अनियन्त्रित भइ सडकबाट खसेको कुन्ना प्रहरी चौकिमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार जय बहादुरर बडुले बताएका छन् ।
बुढीनन्दा नगरपालिका-२ का अन्दाजी २५ वर्षका नन्द बहादुर तिरुवा र अन्दाजी २२ वर्षीया लोकेन्द्र तिरुवा रहेका छन । दुर्घटनामा घाइतेहरुलाई एम्बुलेन्सद्वारा कोल्टी अस्पतालमा उपचारका लागि पुर्याइएको जानकारी प्राप्त भएको छ।

  • सेती कर्णाली खबर
  • मङ्लबार, जेष्ठ १४, २०८२ 0८:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट