बाजुरा— बुढीगंगा नगरपालिकामा ५ दिने आधारभूत पत्रकारीता तालिम सुरु भएकाे छ । नेपाल पत्रकार महासंघ बाजुरा शाखाको आयोजना तथा बुढीगंगा नगरपालिका सीप विकास तथा प्रशिक्षण केन्द्रको सहयोगमा सो तालिमको आयोजना गरिएको हो ।
आधारभूत पत्रकारीता तालिममा २० जना भन्दा बढिकाे सहभागीता रहेकाे नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष पदम बहादुर सिहंले बताए । उनकाअनुसार उक्त तालिममा बुढीगंगा नगरपालिकाका विभिन्न माबि तह कक्षा ११ र १२ मा अध्ययन गर्ने विध्यार्थी र क्याम्पसमा अध्यानरत विध्यार्थीहरु रहेका छन् ।
नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष पदम बहादुर सिहंको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि बुढीगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानिया रहेका छन् ।
उद्धाटन कार्यक्रमा बुढीगंगा नगरपालिका २ का वडा अध्यक्ष पदम भण्डारी, सीप विकास तथा प्रशिक्षण प्रतिष्ठानका कार्यक्रम संयोजक महेश जोशी, पत्रकार महासंघ बाजुराका पुर्व अध्यक्ष मदन जोशी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य कृष्ण ओली, प्रेस सेन्टरका केन्द्रीय सचिव निमेन्द्र शाही, प्रेस चौतारी नेपाल जिल्ला शाखा बाजुराका अध्यक्ष लक्ष्मीराज पाध्याय लगायत अतिथि रहेका थिए ।
पत्रकार महासघ सचिव प्रेम राैलेले संंचालन गरेकाे कार्यक्रमकाे स्वागत उपाध्यक्ष रमित विकले गरेका थिए ।