सेतीकर्णाली खबर
उदय मल्ल ठकुरी ५ माघ दोहा-कतार– ठकुरी सहयोग संजाल कतारले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।
३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा अवसरपारी ठकुरी सहयोग संजाल कतारले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ।
नेपाली रक्तदाता संघ कतारसँगको समन्वयमा जनवरी २४ तारिक शुक्रबारको दिन हमाद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा रक्तदान कार्यक्रमको आयोजना गर्न लागेेको प्रमुख संरक्षक रेशम शाहीले सेतीकर्णाली खबरलाई जानकारी दिए ।
बिहान ८ बजेबाट दिउँसो १२ बजे सम्म चल्ने रक्तदान कार्यक्रममा कतारमा स्थापित वैचारिक, सामाजिक, व्यावसायिक, सामुदायिक साहित्यिक संघ संस्थासहित कतारलाई कर्मथलो बनाइरहेका सम्पूर्ण नेपालीहरूलाई उपस्थिति भई रक्तदान गरि दिन हुनका लागि ठकुरी सहयोग सञ्जालले अनुरोध गरेको अध्यक्ष खगेन्द्र शाहीले बताए।
“सभ्य भाषा,सभ्य संस्कृति हाम्रो पहिचान, शैक्षिक तथा आर्थिक समृद्धिको साथ सहयोग र सद्भाब सबैमा विश्वव्यापी हाम्रो अभियान” भन्ने मूल नाराका साथ सन २०१४ मा उमेश जङ्ग शाहीको अध्यक्षतामा स्थापना भएको ठकुरी सहयोग संजाल कतारले नेपाल र कतारमा सामाजिक सेवामुखि कार्य गर्दै आएको संरक्षक भरत मल्लको भनाइ रहेको छ।