September 14, 2025 | आइतवार, भदौ २९, २०८२

स्याउ बगैंचामा स्थलगत अवलोकन गर्दै: अध्यक्ष रोकाया

  • सेती कर्णाली खबर
  • शनिबार, भदौ ९, २०८० १४:४४
स्याउ बगैंचामा स्थलगत अवलोकन गर्दै: अध्यक्ष रोकाया

बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेको स्वामिकार्तिक खापर गाँउपालिकामा रहेका स्याउ बगैंचामा स्थलगत पालिका अध्यक्ष भरत बहादुर रोकाया द्धारा अबलोकन गरीएको छ ।

पालिका भित्र रहेका उचित गुणस्तरिय स्याउ फल्ने बगानहरुको अबलोकन गरीएको अध्यक्ष रोकायाले बताएका छन । उहाँले भन्नुभयो पालिकालाई स्याउ लगायत अन्य फलफुल खेतीमा आर्कषित गरी पालिकालाई स्याउ उत्पादनमा आत्मनिर्भर बनाउन सधै अगाडी बढीरहेको पनि बताउनुभएको छ । पालिका भित्र उचित स्याउ फल्ने स्थानको माटो परिक्षण गरी स्याउ उत्पादनमा बढवा दिन पालिका सधै लागी पर्ने पनि बताएका छन ।

पालिकामा उत्पादन गरीएका स्याउहरु पालिका भित्रै मात्र नभई जिल्ला र छिमेकी जिल्लाहरुमा पनि निर्यात गरीने अध्यक्ष रोकायाले बताउनुभएको छ । पालिका भित्र रहेका सबै बगानहरुका स्याउ राम्रो संग पाकिसकेपछि संकलन गरेर अन्य बाहिर छिमेकी जिल्लाहरुमा बिक्रिको लागी पठाइने पनि उहाँले बताउनुभएको छ ।

पालिका भित्र रहेका स्याउ बगानबाट उत्पादित स्याहरुको उचित भण्डारको लागी कोल्ड स्टोरको समेत ब्यबस्था गरीने उहाँले बताएका छन । पालिका भित्र कुनै पनि कृषकले उत्पादन गरेका स्याउहरु खेर जान नदिने सबै कृषकका स्याउ संकलन गरेर तत्काल बिक्रिको लागी पठाइने पनि बताउनुभएको छ । पालिकालाई स्याउ फलफुल उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य पुरा गर्ने पनि बताउनुभएको छ ।

स्याउको संरक्षण तथा संकलनको लागी कर्मचारी खटाएर भए पनि सबै कृषकका स्याउ संकलन गरीने अध्यक्ष रोकायाले बताएका छन । आज पालिका भित्र रहेका धेरैजसो स्याउ बगैचाको अवलोकन गर्नुभएका अध्यक्ष रोकायाले पालिकामा पनि राम्रो स्याउ फल्ने बताएका छन । यदि सबै कृषकले थप मेहेनतका साथ स्याउ खेतीमा लाग्ने हो भने मनग्य आम्दानी पनि कमाउन सकिने रोकायाले बताएका छन । उक्त अवलोकन कार्यक्रममा अध्यक्ष रोकाया लगायत पालिका उपाअध्यक्ष,पालिकाका बिभिन्न शाखामा कार्यरत कर्मचारीहरु,स्थानियहरुको उपस्थितमा बगानहरुको अवलोकन गरीएको बताइएको छ ।

  • सेती कर्णाली खबर
  • शनिबार, भदौ ९, २०८० १४:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

बाजुरा :  जिल्लाको धार्मिक तथा पर्यटकीय बडीमालिका दर्शनका लागि गएका एक जनाको  उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण  लडेर घाइते भएका कालिकोट जिल्लाको पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनराज न्यौपानको मृत्यु भएको हो ।  अक्सिजन अभावका कारण लडेर घाइते भई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएका युवकको कर्णाली प्रदेशको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रादेशिक अस्पताल सुर्खेतले जनाएको छ ।    बडीमालिकाको त्रिवेणीमा दुृर्गाभञ्जन गुल्मले तिर्थयात्रीका लागि संचालन गरेको स्वास्थ्य शिविरमा उपचारपछि नेपाली सेनाको एनए ०६१को बेल  हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत पुयाइएको थियो । त्यहिँ उपचरका क्रममा उनको मृत्यु भएको हो ।    बडीमालिकाको दर्शन गर्न गएका दुई जनालाई अक्सिजन अभावका कारण विरामी भएपछि मंगलबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको थियो ।  जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट जिल्लाका कलापा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने र दमको रोगबाट ग्रसित बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामीको नेपाली सेनाको एनए ०६१ बेल को हेलिकप्टर मार्फत उद्धार गरिएको भएपनि एकको मृत्यु भइसकेको र एक जनाको उपचार भइरहेको बताइएको छ ।  