पुस २८ बाजुरा – हिमाली गाउँपालिकाकाे धुलाचाैरमा एक दिने आयूबेर्द स्वास्थ्य शिबिर सेवा सम्पन्न भएको छ । जिल्ला आयुबेर्द स्वास्थ्य केन्द्र बाजुराको आयोजना र गाउँपालिकाको समन्वयमा शिबिर सम्पन्न भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताएका छन्। एक दिने आयुबेर्द स्वास्थ शिबिरमा ३ सय ६४ जनाले सेवा लिएको जिल्ला आयुबेर्द स्वास्थ्य केन्द्रका नर्मदा कुँवरले बताए । उनले भने बातराेग, स्त्रीरोग,अम्लपित्त, पायल्स, मधुमेह, बालरोग, चर्मरोग लगायतका बिरामीहरुको उपचार गरिएको बताए ।
जिल्ला आयुबेर्द स्वास्थ्य केन्द्रका डाक्टर रन्जित केशरी लगायतको टिमले बिशेष चेकजाँज गर्नुका साथै औषधी समेत बितरण गरीएको जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र बाजुराले जनाएको छ ।