कार्तिक २७, बाजुरा- जगन्नाथ गाउँपालिका वडा नम्बर ३ र ४ का काँग्रेस र माओवादी केन्द्रबाट ३२ जनाले नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेबाट प्रदेश सभा निर्वाचन क्षेत्र -१ (क) का उम्मेदवार बल्देव रेग्मीसहितकाे टोलीले आज जगन्नाथ गाउँपालिकामा गरेकाे चुनावी घरदैलो कार्यक्रममा वडा नम्बर ३ र ४ बाट काँग्रेस र माओवादी केन्द्र परित्याग गरेर ३२ जनाले एमालेमा प्रवेश गरेका हुन्।
माओवादी केन्द्र बाट एमालेमा प्रवेश गर्नेहरुमा जिल्ला कमिटी सदस्य ब्रदी बहादुर शाही, जगन्नाथ गाउँ कमिटी सह-इन्चार्ज ललिता सिह, गाउँ कमिटी सदस्य एना शाही, राजेन्द्र सिह, तपेन्द्र सिह, प्रभुराज शाही,लालपुरा शाही ,राही बहादुर शाही, अबि शिह, बिर्ज सिह, नयाँराज शाही, पन्दा शाही, रेशम शाही, काशी ओड, जङगबिर ल्वार, कृण ओड रहेका छन् । त्यस्तै नेपाली काङ्ग्रेस पाटी परित्याग गरि प्रदेश कमिटी सदस्य सितल शिह नेकाली, जगत शाही,प्रमिला शिह,सुनिल शिह,खडकमल खत्री,जग दमाई,सुरेन्द्र दमाई,लाल ढोली,चन्द्र बहादुर बढुवाल,अख भन्डारी,बिर्जित भन्डारी,ऐभान दमाई,ऎन ढोली,जन बहादुर दमाई,कार्तिक दमाई र पुरी ढोलीले प्रवेश गरेका छन ।
नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका उनिहरुलाइ प्रदेश निर्वाचन क्षेत्र क का उम्मेदवार बलदेव रेग्मी र एमाले जिल्ला कमिटी अध्यक्ष कालीबहादुर शाहीले पार्टीमा स्वागत गरेका छन् । पहिलो चरणको घरदैलाे अभियान सकेर पुन: घरदैलाे अभियान गरिरहेका एमालेका प्रदेश क का उम्मेदवार बल्देव रेग्मीलाइ जनताहरुले भारि मतले विजयी गराउने बताएका छन् ।
एमाले जिल्ला कमिटी अध्यक्ष कालीबहादुर शाहीकाे गृह पालिका समेत रहेकाे जगन्नाथमा एमाले प्रवेश गर्नेको लहर नै लागेकाे छ । जगन्नाथ गाउँपालिका नेकपा माओवादी केन्द्रबाट प्रदेश सभा क मा उम्मेदवार बनेका कर्णबहादुर विकको पालिका हाे । प्रदेश सभा क कै प्रदेश सदस्यका उम्मेदवार बनेका नेकपा एकिकृत समाजवादी पार्टीबाट नरेश शाहीलाई नेपाली काँग्रेसले साथ दिइरहेको देखिन्छ घरदैलो कार्यक्रम संगै गरिरहेका छन । बाजुराको प्रतिनिधि सभा सदस्यका उम्मेदवार एमाले बाट स्थायी कमिटी सदस्य कर्ण थापा र गठबन्धनकाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली काँग्रेसका सह-महामन्त्री बद्री पाण्डेको प्रतिस्पर्धा एकदम रोचक तरिकाले हेरिएको छ।