काठमाडौं, ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । वर्तमान सरकार गठन भएको छ महिना पुगेको अवसरमा उनले राष्ट्रका नाममा आज सम्बोधन गरेका हुन् । नेपाली कांग्रेसका सभापति रहेका देउवाले गत असार २९ गते प्रधानमन्त्रीको सपथ लिएका थिए । प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा यस अवधिमा सरकारले गरेका कारकारवाही र मुलुकको वर्तमान अवस्थाबारे जानकारी गराए ।
प्रधानमन्त्री देउवाले तीन तहका निर्वाचनका लागि तयारी अवस्थामा रहन निर्देशन दिए । देउवाले यो वर्ष तीन तहका निर्वाचन गर्नुपर्ने भएकाले सबै निकायहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिए । उनले एक वर्षभित्र तीन तहका चुनाव गर्नुपर्ने कार्यभार रहेको उल्लेख गरे । उनले भने, ‘तीन तहको निर्वाचन गर्नेपर्ने दायित्व छ । निर्वाचनका सम्पूर्ण काम गर्नका लागि म सम्बन्धित सबैसँग अनुरोध गर्दछु ।-paschimtoday