October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुराबाट रेडियो नेपालको रिले परिक्षण प्रसारण सुरु

  • सेती कर्णाली खबर
  • सोमवार, जेष्ठ २८, २०८१ 0५:३२
बाजुराबाट रेडियो नेपालको रिले परिक्षण प्रसारण सुरु

राजेन्द्र  बिक

२८जेष्ठ बाजुरा। रेडियो नेपालले बाजुराबाट एफ एम रिले परिक्षण प्रसारण सुरु  गरेको छ।
जिल्लाको बडिमालिका नगरपालिका वडा नम्बर-७ कालाजग्रा पोरखेगढीबाट एफ एम ब्यान्डको ९८ मेगाहर्ट्ज मा परीक्षण प्रसारण सुरु  गरेको हो ।

कालाजग्रामा रहेको नेपाल टेलिकमको रिपिटर टावर सँगै रेडियो नेपालको एफ एम रिले स्टेसन स्थापना गरी ५ सय वाट क्षमताको ट्रान्सर्फमर जडानका साथ परिक्षण प्रसारण सुरु गरिएको जडान कार्यमा संलग्न टोली प्रमुख वरिष्ठ प्राविधिक गिरिराज निरौलाले बताउनुभयो।

प्रारम्भिक अध्ययन अनुसार यो रिले प्रसारणबाट बाजुरा लगायत सुदूरपश्चिम प्रदेशका अछाम, डोटी, बझाङ, बैतडी तथा छिमेकी जिल्ला मुगु ,कालिकोट र हुम्लाका धेरै स्थानमा रेडियो नेपालको प्रसारण स्पष्ट सुन्न सकिने छ। देशको शतप्रतिशत भू–भागमा रेडियो नेपालको पहुँच विस्तार गर्ने लक्ष्य अनुरूप यो एफ एम रिले स्टेशन स्थापना गरि परीक्षण प्रसारण सुरु गरिएको रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले बताउनुभयो।

  • सेती कर्णाली खबर
  • सोमवार, जेष्ठ २८, २०८१ 0५:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?