October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

कोल्टीअस्पतालमा संचालन भएको स्वास्थ्य शिविर सम्पन्न

  • सेती कर्णाली खबर
  • शनिबार, जेष्ठ १२, २०८१ १४:0४
कोल्टीअस्पतालमा संचालन भएको स्वास्थ्य शिविर  सम्पन्न

महेश कार्की

१२जेष्ठ कोल्टी, बाजुरा/
विभिन्न सेवा दिने गरि कोल्टीमा संचालन भएको तीन दिने निशुल्क स्वास्थ शिविर आज सम्पन्न भएको छ ।काेल्टी अस्पताल, बुढीनन्दा नगरपालिका, एकएक पाईला नेपाल र गेटा अस्पताल धनगढीकाे संयुक्त आयाेजनामा यो शिविर संचालन गरिएको थियो । शिविरमा नाक,कान,घाँटी,आँखा र दाँत समन्धी राेगकाे निशुल्क सल्यक्रिया, विशेषज्ञ सेवा सहित उपचार भएको एकएक पाइला नेपालका प्रशासन ब्यबस्थापक आशोक पाण्डेले जानकारी दिनु भएको छ । कोल्टी अस्पतालमा तीन दिन सम्म संचालन भएको शिविरमा बाजुरा जिल्ला लगायत छिमेकी जिल्ला हुम्ला ,मुगु र कालिकोटका जनताले सेवा लिएको कोल्टी अस्पतालका प्रमुख रन्जित शाहले बताउनु भएको छ । आर्थिक अवस्था कम्जोरका कारण उपचार गराउन समस्यामा परेका जनता लाई सेवा दिने उदेश्यले यो शोविरको आयोजना गरिनुका साथै एकएक पाईला फाउन्डेसन र बुढीनन्दा नगर पालिका बीच भएको सम्झौता अनुसार पाँच बर्ष सम्म प्रतेक बर्ष पनि शिविरको आयोजना गर्ने बुढीनन्दा नगर पालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताउनु भएको छ । शिविरमा १७ सय ११ जना विरामीले नाम दर्ता गएका थिए भने २ हजार १ सय २९ प्रकारको सेवा प्रदान गरिएको एक एक पाईला फाउन्डेसनका ब्यबस्थापक आशिष भट्टराई बताउनु भएको छ । १ सय ६८ जना विरामीको अँखाको मोतिविन्दु सल्यक्रिया भएको छ भने १ हजार १ सय ३६ जना बिमारीले अँखाको उपचार सहित औसधि वितरण गएको स्वास्थ साखा प्रमुख ओमजङ्ग शाहिले जानकारी गराउनु भएको छ ।शिविरमा ३ सय ७२ जना दातका बिमारीको उपचार गरिएको थियो भने १ सय ८० जनाको दात निकाल्ने काम भएको अस्पतालले जानकारी गराएको छ । नाक,कान र घाँटी सम्बन्धि ६ सय २१ जना विमारी लाई चेकजाँच गरेर औसधि वितरण गरिएको र २० जना कानका विमारीको अप्रेसन भएको शिविरका प्रमुख डाक्टर रवि सुवाल ले जानकारी दिनु भएको छ ।घर नजिकै जटिल विभिन्न रोगको निशुल्क उपचार ,सल्यक्रिया र औसधि पाइदा स्थानीय वासी खुसी भएका छ्न ।

  • सेती कर्णाली खबर
  • शनिबार, जेष्ठ १२, २०८१ १४:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट