October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

नेपाल सरकारद्वारा जगन्नाथ गाउपालिकालाई एम्बुलेन्स

  • सेती कर्णाली खबर
  • मङ्लबार, बैशाख ४, २०८१ १0:५८
नेपाल सरकारद्वारा  जगन्नाथ गाउपालिकालाई एम्बुलेन्स

बाजुरा —भारत सरकारको सहयोगमा नेपाल सरकारद्धारा बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरिएको छ । नेपाल सरकार र भारतिय दुतावासले जगन्नाथ गाउँपालिकालाई एक कार्यक्रमका बिच एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

भारतीय राजदुतावासले काठमाडौंमा आयोजित एक समारोहबीच नेपाल-भारत विकास साझेदारी कार्यक्रम अन्तरर्गत जगन्नाथ गाउँपालिकालाई पनि एम्बुलेन्स प्रदान गरेकाे जगन्नाथ गाउँपालिकाका अध्यक्ष काली बहादुर शाहीले बताए । देशभर ६६ वटा स्कुल बस र ३५ वटा एम्बुलेन्स उपहारस्वरुप हस्तान्तरण गरेकोमा बाजुराको जगन्नाथ गाउँपालिका पनि परेको अध्यक्ष शाहीले बताए । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले उक्त एम्बुलेन्स चाबी हस्तान्तरण गरि जगन्नाथ गाउँपालिकाले सो एम्बुलेन्स बुझेको अध्यक्ष शाहीले बताएका छन ।

नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रको उच्च प्राथमिकतालाई ध्यानमा राख्दै भारत सरकारले सन् १९९४ यता भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न क्षेत्रका लाभग्राही संस्थालाई वर्षको दुई पटक एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरूप प्रदान गर्दै आएको छ । सोही अनुरुप आईतवार विभिन्न दुर्गम जिल्लाका स्थानीय तहलाई एम्बुलेन्स र स्कुल बसहरु हस्तान्तरण भएको छ ।

 

  • सेती कर्णाली खबर
  • मङ्लबार, बैशाख ४, २०८१ १0:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट