October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

पिलुचौर बजारमा वित्तीय एवम् डिजिटल साक्षरता कार्यक्रम सम्पन्न- सेतीकर्णाली खबर

  • सेती कर्णाली खबर
  • शनिबार, चैत्र १०, २०८० १0:५३
पिलुचौर बजारमा वित्तीय एवम् डिजिटल साक्षरता कार्यक्रम सम्पन्न- सेतीकर्णाली खबर

उमेश जङ्ग शाही
१०चैत पिलुचौर, बाजुरा
ग्लोबल मनि सप्ताह २०२४  अन्तर्गत नेपाल राष्ट्र बैंकको सहयोग र राष्ट्रिय वाणिज्य बैंकको आयोजनामा बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिकाको वडा नं.१ पिलुचौर बजारमा वित्तीय साक्षरता कार्यक्रम आज सम्पन्न भएको
छ।
सो कार्यक्रमको संयोजक राष्ट्रिय वाणिज्य बैंक शाखा कोल्टीका निमित्त साखा प्रबन्धक ज्ञानेन्द्र प्रसाद भट्ट ,निमित्त साखा सहायक प्रबन्धक तस्लिम अन्सारी, प्रमुख अतिथि पिलुचौर बजार व्यवस्थापन अध्यक्ष व्रतराज उपाध्याय , अतिथिहरु निवर्तमान वडाअध्यक्ष कर्ण बहादुर विष्ट , जिल्ला कमिटि एमाले सदस्य जनक बिष्ट , नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य जङ्ग विष्ट लगाएत सयौंको उपस्थिति रहेको थियो भने राष्ट्रिय वाणिज्य बैंक कोल्टी साखाका क्यासियर शुभम् कर्णले कार्यक्रम सञ्चालन गर्नु भएको थियो। आर्थिक कारोवार तथा वित्तीय संस्थाबाट मात्र गर्नु पर्ने, अबको बैंकिङ कारोबार डिजिटल प्रविधिबाट गर्नु पर्ने र डिजिटल बैंकिङ सेवा QR,POS, Mobile Banking, internet प्रयोग गर्नु पर्ने , स्मार्ट बन्नु पर्ने र pin / password/ OTP गोप्य र सुरक्षित साथ राख्नु पर्ने, रेमिट्यान्स को कारोबार बैँक तथा वित्तीय संस्थाबाट मात्र गर्नु पर्ने, बैंक तथा वित्तीय संस्थाबाट लियको कर्जाको सदुपयोग गर्नु पर्ने, आजको बचत भोलिको सुरक्षा हुने कुरामा कार्यक्रम संयोजक भट्ट सरले हाट बजार र पिलुचौर बजारका व्यापारी र उद्धमिहरुलाई प्रशिक्षण गराउनु भएको गंग बहादुर कैलाले सेतिकर्णाली खबरलाई बताएका हुन ।

  • सेती कर्णाली खबर
  • शनिबार, चैत्र १०, २०८० १0:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट