October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

स्वामिकार्तिकमा वर्तमान राजनितिक संकट र यसको समाधान विषयक अन्तक्रिर्या सम्पन्न

  • सेती कर्णाली खबर
  • बिहिबार, चैत्र १, २०८० १५:११
स्वामिकार्तिकमा वर्तमान राजनितिक संकट र यसको समाधान विषयक अन्तक्रिर्या सम्पन्न

उमेश जङ् शाही
चैत १ बाजुरा / स्वामिकार्तिक खापर गाउँपालिकामा वर्तमान राजनितिक संकट र समाधान विषयक अन्तक्रिर्या कार्यक्रम आज सम्पन्न भएका छ।
वर्तमान राजनितिक संकट र समाधान विषयक अन्तक्रिर्या कार्यक्रममा बोल्दै प्रमुख अथिति समर सिले नेपालको राजनितिक व्यवस्था प्रति जनताको अविश्वास दिन प्रतिदिन तिब्र गतिमा बड्दै गइरहेको छ। यसको सहि निकास हामिले दिने होइन भने प्रतिगामि र राष्ट्रघातिहरुको हालिमुहाली हुने र देशको स्वाधीनता लिलाम हुने संकेत देखिन्छ यसको एकमात्र समाधान दलाल संसदीय व्यवस्थाको अन्त्य गरि समाजवादी व्यवस्थाको स्थापना गर्नु हो यसका लागि सम्पुर्ण देश भक्त , राष्ट्रवादी, कम्युनिस्ट , समाजवादी एकजुट भएर लाग्नु पर्ने कुरामा जोड दिएका हुन। तेस्तै आजको यो व्यवस्था दलाल पुजीवादी भएकाले यो व्यवस्था जनताले नमान्ने र खारेजीको माग गरेकाले पुरानै दलले यो समस्या लाई समाधान गर्न सक्ने अवस्था नभएकाले एउटा नयाँ सहमति नेकपा र पुराना दलहरुको बिचमा गरि नेपाली विशेषताको समाजवाद स्थापना गर्नुपर्ने नेकपा विप्लव बाजुरा जिल्ला इन्चार्ज भुपेन्द्र सिको भनाई रहेको बताइएको छ। भने नेकपा विप्लव बाजुरा जिल्ला सचिव बिजय सिले हालको राजनितीक संकट स्थानियतहमा पनि ब्यापकरुपमा देखिएको र त्यसका असरहरु गाउपालिका देखि वडा सम्म परेको र बैँक ठेक्का पट्टा लगाएत जनप्रतिनिधिका आसेपासेहरु काम दिने वा उपभोक्ता समिति बनाएर कमिसन मागेर भष्ट्राचार गरेको र चुनाबमा भएको खर्च असुल्दै गरेको आरोप लगाएकाछन भने भष्ट्राचार ,अनियमिततालाई समयमा रोक्नु पर्ने यदि नरोकिएमा स्वामिकार्तिक खापर गाउँपालिका जनप्रतिनिधिलाई कार्वाही नेकपा विप्लवले गर्ने बताएका छन।

नेकपा विप्लवको केन्द्रीय योजना अनुसार बाजुरा जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकामा वर्तमान राजनितिक संकट र यसको समाधान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रमको अध्यक्षता जिल्ला सचिब बिजय सि, प्रमुख अथिति नेकपा विप्लवका केन्द्रीय सदस्य तथा महाँकाली व्यूरो इन्चार्ज समर सी , अथितिहरु जिल्ला इन्चार्ज भुपेन्द्र सि, जिल्ला न्याय बिभाग प्रमुख बिलास सि, वरिष्ठ जिल्ला कमिटि सदस्य प्रकाश सि, जनता समाजवादीका केन्द्रीय सदस्य इश्वर सिह, राप्रपा सल्लाहकार सदस्य दल बहादुर शाही, नेपाली कङ्ग्रेस प्रतिनिधि निर्मल सिह , नेकपा एमाले प्रतिनिधि गणेश बिक माओवादि केन्द्रका प्रतिनिधि बलमान धामी, एकीकृत समाजवादीका प्रतिनिधि जगत शाही लगाएत स्वामिकार्तिकका स्थानियवासीहरुको उपस्थिति रहेको विजय सिले सेतिकर्णाली खबरलाई बताए।
सो अन्तरक्रिया कार्यक्रमको सन्चालन नवीन सि ले गरेका थिय ।

  • सेती कर्णाली खबर
  • बिहिबार, चैत्र १, २०८० १५:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट