October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

जन्मदिनको अवसरमा वडाअध्यक्षले  स्टेसनरी तथा खाद्यान्न सामाग्री बितरण

  • सेती कर्णाली खबर
  • मङ्लबार, माघ १६, २०८० १५:३३
जन्मदिनको अवसरमा वडाअध्यक्षले  स्टेसनरी तथा खाद्यान्न सामाग्री बितरण

बाजुरा —बाजुरा जिल्लाकाे बडिमालिका नगरपालिका वडा न ७का वडा अध्यक्ष धर्मराज पाध्यायले आफ्नो जन्मदिनको अवसरमा कपडा, स्टेसनरी तथा खाद्यान्न सहयोग गरेका छन । आज आफ्नाे  वडाका विपन्न बालबालिकालाई स्टेसनरी सामान तथा विपन्न दलित परिवारलाई न्यानो कपडा र खाद्यान्न सहयोग गरेका हुन् ।

आफ्नो जन्मदिनको अवसरमा हुने खर्च कटौती गरेर बालबालिकालाई स्टेसनरी तथा विपन्न दलित परिवारलाई न्यानाे कपडा र खाद्यान्न सहयोग गरेको वडा अध्यक्ष पाध्यायले बताएका छन् ।

जन्मदिनमा आफुले अनावश्यक खर्च गर्नु भन्दा गरिब, विपन्न तथा असाहय असक्त ब्यक्तीहरुलाई केहिराहत स्वरुप सहयोग भएपनि थोरै सहयोग पुगोस् भन्ने उदेश्यका साथ साे सामग्री सहयोग गरेको अध्यक्ष पाध्यायले बतायका छन ।

उक्त वडामा वडा अध्यक्षको एक कार्यकाल बिताइसकेका पाध्याय हाल पनि अध्यक्ष नै छन । वडा अध्यक्ष पाध्याय विगतकाे आफ्नाे जन्मदिनमा पनि उनले यसैगरेर मनायका थिय उनले सानै देखि देखि नै सामाजिक काम गर्दै आएका थिए भने उनले  पारदर्सिताकाे समेत वकालत गरेर समाजमा भएका अनैतिक कार्यकाे बिरुद्दमा वकालत समेत गरेका थिय ।
वडाअध्यक्ष पाध्ययले यस नगरपालिकाकाे अलि स्पस्ट र पारदर्सी तथा बिकास प्रेमि ब्यक्तीकाे रुपमा चिनिन्छन् भने उनी अहिले  बडिमालिका नगरपालिकाका आर्थिक प्रमुख तथा  नगर प्रवक्ता समेत  रहेका  छन्

  • सेती कर्णाली खबर
  • मङ्लबार, माघ १६, २०८० १५:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट