October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

नेकपा एकीकृत समाजवादीद्वारा बाजुरामा पुष्पलाल स्मृति नवनिर्मित भवन उद्घाटन

  • सेती कर्णाली खबर
  • शुक्रबार, माघ ५, २०८० १0:४१
नेकपा एकीकृत समाजवादीद्वारा बाजुरामा पुष्पलाल स्मृति नवनिर्मित भवन उद्घाटन

सेतीकर्णाली खबर, बाजुरा/ जिल्ला सदरमुकाम मार्तडीमा नव निर्मित पुष्पलाल स्मिृती प्रतिष्ठानको भवनको उद्धघाटन गरिएको छ । नेकपा एकिकृत समाजबादी पार्टी जिल्ला कमिटिको आयोजनामा सो भवनको उद्धघाटन गरिएको हो ।

प्रदेश सरकारको २० लाख रुपियामा निर्माण गरिएको प्रतिष्ठाको एक तले भवनमा हाल नेकपा एकिकृत समाजबादी पार्टी बाजुराले प्रयोगमा ल्याएको प्रतिष्ठानका अध्यक्ष तथा नेकपा एकिकृत समाजबादी पार्टीका जिल्ला सचिव निर बहादुर शाहीले बताए । पुष्पलाल स्मिृत प्रतिष्ठानको भवन उद्धघाटन संगै भाडामा रहको नेकपा एकिकृत समाजबादी पार्टीको कार्यालय सो भवनमा सरेको पार्टी सचिव शाहीले बताए ।

भवन उद्धघाटन कार्यक्रममा नेकपा एकिकृत समाजबादी पार्टीका जेष्ट सदस्य जया ल्वारले रिवन काटेर उद्धघाटन गरेका थिए । नेकपा एकिकृत समाजबादी पार्टी बाजुराका सचिव तथा पुष्पलाल स्मिृत प्रतिष्ठान बाजुराका अध्यक्ष निर बहादुर शाहीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि पार्टीका जेष्ठ सदस्य जया ल्वार रहेका थिए । बिशिष्ठ अतिथिमा नेकपा एकिकृत समाजबादी पार्टीका जिल्ला अध्यक्ष पुर बहादुर रावत रहेका थिए ।

पार्टीका उप सचिव तथा पुष्पलाल स्मिृत प्रतिष्ठान भवन निर्माण समितिका अध्यक्ष दिर्घराज पाध्यायले संचालन गरेको कार्यक्रममा नेकपा एकिकृत समाजबादी पार्टीका नेता तथा कार्यक्रताहरु र पत्रकारहरुको सहभागीता रहेको नेकपा समाजवादी पार्टी बाजुरा सचिवालय सदस्य लोकेन्द्र  शाहीले  सेतीकर्णाली खबरलाई बताएका हुन।

  • सेती कर्णाली खबर
  • शुक्रबार, माघ ५, २०८० १0:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट