October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

एनआरएनए कतार : महासचिवमा पत्रकार श्रेष्ठको उम्मेदवारी

  • सेती कर्णाली खबर
  • आइतवार, साउन ७, २०८० 0५:0९
एनआरएनए कतार : महासचिवमा पत्रकार श्रेष्ठको उम्मेदवारी

दोहा : एनआरएनए एनसीसी कतारको २०२३/२५ कार्यकालका लागि महासचिव पदमा पत्रकार महासंघ कतारका उपाध्यक्ष दिल श्रेष्ठले उम्मेद्वारी दर्ता गरेका छ्न

एनसिसि निर्वाचन समितिले जुलाई २१ मा प्रकाशित गरेको उम्मेदवारि आबेदकको नामावलीमा श्रेष्ठ सहित रबिन मगरले महासचिव पदमा दाबेदारी दिएको जनाइएको छ ।

लामो समय देखि कतारलाई कर्म थलो बनाएर सामुदायिक पत्रकारिता गर्दै आएको श्रेठ कतारमा रहेका बिभिन्न सामाजिक सस्थाहरुमा आवद्द स्वच्छ छबि भएका सहि सुचना सम्प्रेषण गर्ने र स्पस्ट बक्ताका रुपमा चिनिन्छन ।

हाल उनि नेपाल पत्रकार महासंघ कतार साखाका उपाध्यक्ष हुन् भने पर्वत समाज कतार का संस्थापक महासचिब तथा बर्तमान सल्लहाकार समेत हुन् ।एन आर एन ए कतार संग लामो समय सुचना तथा प्रचारप्रसार उपसमितिमा समेत काम गरेका श्रेठ २०१७-२०१९ को कार्यकालमा पनि सचिब पदमा उमेदवारी दिएका थिए । सो समय उनले पाएको मतले प्रतिस्पर्धात्मक नै थियो ।

हरेका कार्यकालमा एन सी सीलाई ठाडो प्रश्न गर्ने पत्रकार भनेर चिनिने श्रेष्ठ नै महाचिवको उम्मेद्बार बनेपछि दोहामा रहेका जानकारहरुले उनि नेतृत्वमा पुगे धेरै अनूत्तरित प्रश्नको उत्तर आउने आशागरेका छन् ।

श्रेष्ठ ले आफुले अन्तिम समयमा आएर दिएको उमेदवारी भए पनि आफ्नो उम्मेदवारी मेरो उम्मेद्बारी कुनै बिचार, बर्ग, जातजाति, धर्मसंस्कार गुटउपगुठ समुहबाट नभई समाजका उठेका सवालमा जवाफदेहिता नहुनुको परिणाम रहेको बताएका छन् । र आफुलाई आफूलाई महासचिब पदमा विजयी गराउन एनआरएनएका अग्रज, सामाजिक अभियन्ता, बुद्धिजीवी व्यवसायी, परिषद् सदस्य, पत्रकार एवम् कतारमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसमक्ष अपिल गरेका छन्

  • सेती कर्णाली खबर
  • आइतवार, साउन ७, २०८० 0५:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट