October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

राष्ट्रिय वाणिज्य बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी

  • सेती कर्णाली खबर
  • शुक्रबार, असार ८, २०८० १६:४८
राष्ट्रिय वाणिज्य बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी

काठमाडौं  –    राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले शुकबार एक विज्ञापन जारी गर्दै विभिन्न पदका लागि कूल ३९४ जना कर्मचारी माग गरेको हो ।

बैंकले रिक्त रहेका विभिन्न तह र पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका लागि कर्मचारी माग गरेको छ । वरिष्ठ प्रबन्धक, प्रबन्धक, उप प्रबन्धक, सहायक प्रबन्धक, वरिष्ठ सहायक, सहायकलगायतका विभिन्न पदमा दरखास्त आह्वान गरेको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले असार १०देखि अनलाइनमार्फत आवेदन वा फारम भरेर दिनसक्ने छन् । 

  • सेती कर्णाली खबर
  • शुक्रबार, असार ८, २०८० १६:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट