October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

पहिराेले गर्दा मार्तडी काेल्टीकाे सडक अबरुद्द

  • सेती कर्णाली खबर
  • आइतवार, जेष्ठ २८, २०८० 0८:२९
पहिराेले गर्दा मार्तडी काेल्टीकाे सडक अबरुद्द

जेष्ठ २८ बाजुरा / बडिमालिका नगरपालिका वाड नं ७ काे जिल्ली स्कुल नजिक रहेकाे पहिराका कारण मार्तडी काेल्टी मा आवत जावत गर्ने एक मात्र सडक अबरुद्द भएकाे छ ।
लक्ष्मी मा बि नजिक रहेकाे पहाेराे आईतबार बिहान आएकाे पानी ले गर्दा साे पहिराे बगेर राेडमा छाप्पीएकाे यातायातका साधनहरु आवत जावत गर्न समस्या भएकाे ट्याक्टर चालक रामकिसन रानाले बताएका छन् ।
परबाट हेर्दा राम्रैजस्ताे लागेकाे थियाे गाडी ल्यायर आईहाले यहात पुरै हिलाे रहेछ गाडी फसिहाल्याे अबपछाडी  ब्याक हुन समेत न सक्ने भयाे के गर्ने हाेला भन्दै यताउति भाैतारि रहे चालक राना ।
घाममा समेत सुख्खा पहिराे खस्ने याे क्षेत्रमा आज त रातमा पानी परेकाे थियाे अनि यस्ताे अबस्थामा त यहाँ पहिराे नआएर केहुन्छ हाेला त्यहाका स्थानिय बुद्द बहादुर धामिले बताएका छन् ।
यस पहिराेकाे माटाे पटकपटक डाेजरले फालेर मात्र गाडी हिड्ने बैकल्पीक राेड बन्छ हिलाे फालेमा केहिबेर सम्म बाटाे क्रस गर्न मिल्छ एक छिनमा नै राेड मा हिलाे भरिहाल्छ । पहिराेमा खालि मान्छे पनि याे बाटाेमा हिड्न सारै गार्हाे हुन्छ । याे पहिराेले गर्दा जिल्लाकाे माथिल्लाे भेेग लगाएत हुम्ला ,मुगु ,कालिकाेट लगाएतका यात्रु लाई समेत आवत जावत गर्ने समस्या भएकाे छ ।पहिराेका कारण लक्ष्मी मा बि मा अध्यनरत विद्यार्थी हरु लाई समेत आवतजावत गर्न समस्या भएकाे छ ।
गत बर्ष याे पहिराेले गर्दा छेउमा नै रहेकाे २ वटा पसल र एउटा तरकारी बारी र प्लास्टिक टनेल समेत बगाएर काे थियाे ।

  • सेती कर्णाली खबर
  • आइतवार, जेष्ठ २८, २०८० 0८:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट