October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

अतिथि सत्कार राम्रो नभएको भन्दै बिहे छाडेर हिँड्न लागेका बेहुला र उनका बाबु पक्राउ

  • सेती कर्णाली खबर
  • बुधबार, बैशाख २७, २०८० 0४:५३
अतिथि सत्कार राम्रो नभएको भन्दै बिहे छाडेर हिँड्न लागेका बेहुला र उनका बाबु पक्राउ

वैशाख २७बारा — गाउँमा आइतबार दिनभर भोजभतेर भयो । बेहुली र उनक सबै परिवार आफन्त र छिमेकीसहित गाउँले खुसी थिए । विवाहका लागि गच्छेअनुसार बेहुली पक्षले दैलोमा स्वयम्बर बनाएका थिए । बेहुली र उनका परिवार कुन बेला बेहुला र जन्ती आउने हुन् र विवाह सुरु होला भन्ने प्रतीक्षामा थियो ।

बेहुलीलाई शृङ्गारेर राखिएको थियो । बाजागाजाले गाउँ गुन्जिएको थियो । योजनाअनुसार सबै कार्य भएर बेहुला र जन्ती आएपछि विवाह सुरु हुन लाग्यो । बेहुलीलाई स्वयम्बरमा पुर्‍याउन तयारी गरिँदै थियो । तबसम्म बेहुलाले स्वयम्बर हेरे र तुरुन्तै उनले विवाह गर्न इन्कार गरे । त्यतिमात्र नभएर उनी आफ्ना बुबालाई बोलाएर त्यहाँबाट हिँड्न खोजे । त्यसपछि सुरु भयो विवाद । विवाद बढ्दै गएपछि हातपात हुन थाल्यो । उनीहरू जन्तीसहित कालीचरणप्रसाद चौरसियाकी २१ वर्षीया छोरी मनिषासित विवाह गर्न आएका थिए । वरमाला हुने स्वयम्बर (स्टेज) को सजावट राम्रो नभएको र जन्तीहरूको सेवा–सत्कार राम्रो नभएको भन्दै बेहुला स्वयम्बरबाट हिँड्न खोजेपछि बेहुली र बेहुलाका बाबुबीच विवाद बढेर कुटाकुटको अवस्थासम्म सिर्जना भएको थियो ।

उक्त झडपबारे प्रहरीलाई खबर गएपछि प्रहरी तत्कालै त्यहाँ पुग्यो र विवाद नियन्त्रणमा लियो । भारतको विहार राज्यको मोतिहारी जिल्लाको सुगौली थानाअन्तर्गत कथवलिया गाउँबाट विवाह गर्न बाराको महागढीमाई नगरपालिका ६ बबुआइन गाउँमा आएका २३ वर्षीय बेहुला शशी चौरसिया र उनका बुबा श्यामाकान्त भगतलाई प्रहरीले तुरुन्तै पक्राउ गर्‍यो ।

उनीहरूमाथि मुद्दा दायर गरी अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद लिएर हिरासतमा राखिएको प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले बताए । उनका अनुसार बेहुला स्वयम्बरबाट हिँड्न खोजेपछि बेहुली पक्षले सम्झाइबुझाई गर्दा बेहुला र उनका बुबाले हातपात गर्न सुरु गरेपछि दुवै पक्षबीच विवाद बढेको थियो ।

  • सेती कर्णाली खबर
  • बुधबार, बैशाख २७, २०८० 0४:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट