October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरामा राष्ट्रिय परीचय पत्र विवरण संकलन वडाबाटै हुने

  • सेती कर्णाली खबर
  • शुक्रबार, बैशाख १५, २०८० 0३:४२
बाजुरामा राष्ट्रिय परीचय पत्र विवरण संकलन वडाबाटै हुने

बाजुरा– राष्ट्रिय परिचय पत्र अव स्थानिय तहबाट संकलन हुने भएको छ ।   नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण बिभागले राष्ट्रिय परिचयपत्र वडाबाटै संकलन हुने  जनाएकाे हो ।
बिहिबारमात्र जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम मार्फत स्थानिय तहबाट संकलन हुने   प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताएका छन । ३ महिना सम्म संचालन हुने अभियानमा प्रत्येक स्थानिय तहका सबै वडाहरुमा राष्ट्रिय परीचय पत्र विवरण संकलन हुने प्रमुख जिल्ला अधिकारी खड्काले बताए । नागरिकता प्राप्त गरेका सबै नागरिकहरुले अव वडामै राष्ट्रिय परीचय पत्रको फारम भर्ने गरी तयारी भएको प्रजिअ खड्काको भनाइ रहेको छ ।
नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण बिभागको आयोजनामा संचालन गरिएको एक दिने जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काको अध्यक्षतामा संचालन गरिएको थियो । अन्तरक्रिया कार्यक्रमको सहजीकरण नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण बिभागका शाखा अधिकृत भिष्मराज अर्याल र कम्पुटर इन्जीनियर असल भट्टराईले गरेका थिए ।
कार्यक्रममा जिल्लाका नौ ओटै स्थानिय तहका जनप्रतिधि, राजनितीक दलका प्रतिनिधी, सबै स्थानिय तहका प्रमुख प्रशासकिय अधिकृतहरु वडा अध्यक्ष र पत्रकारहरुको सहभागीता रहेको थियो ।
देशभर हालसम्म सम्म १ लाखा २४ हजार राष्ट्रिय परिचय पत्र वितरण भइसकेको राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण बिभागले जनाएको छ । राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण बिभागका अनुसार १ करोड १४ लाख ६९ हजार १ सय १८ जनाले बिवरण भरीसकेको जनाएको छ ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, बैशाख १५, २०८० 0३:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट